नेपाल कम्युनिष्ट पार्टी बहुमत सहितका ३ राजनितिक दलद्वारा अर्घाखाँचीमा ससदीय व्यवस्थाको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनिल नेपाली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी बहुमत सहित नेकपा मशाल नेकपा क्रान्तिकारी माओबादी अर्घाखाँचीमा रहेका तीन राजनितिक दलद्धारा संसदिय निर्वाचन यसको औचित्य बिषयक संयुक्त अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रम संसदिय चुनाव अबज्ञा र बहिष्कार गरौं भन्ने मुलनाराका साथ सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तब्य राख्दै नेकपा (बहुमत )का केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलवस्तु इन्चार्ज शेरमानले नेपालमा ससदीय व्यबस्थाले निकास दिन नसक्ने बताउदै आफुले जनताको बैज्ञानिक सत्ताको आधार स्तम्भ तयार पार्ने गरी बहिष्कारको रणनिति तय गरेकोले यसमा सबै जनताले साथ दिने बताए । चारदर्शक देखि नेपालमा रहेको ससदीय व्यबस्थाका कारण अहिलेसम्म नेपालमा भ्रष्टाचार अत्याचारका घटना बढीरहेको बताउदै पछिल्लो समय नेपालमा बाइड– बडि जहाजमा भएको भस्टाचार,सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरी ,सुन कान्ड, ओम्नि कान्ड,बतास कान्ड, एनसेल लाई ट्याक्स मिनाहा ,निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता ,निरन्तर सरकार बदली जस्ता संसदिय ब्याबस्थाको चारीत्रीक विशेषता भएको भन्दै जनताले यसको विकल्प खोजेको बताए ।

कार्यक्रममा मसालका नेता कृष्ण बहादुर केसि, नेपालमा संसदीय व्यबस्थाका कारण जनता दिनप्रतिदिन समस्याको जडमा फस्दै गएकोले जनताको विकल्पको आधार स्तम्भ तयार पार्ने गरी आफुहरु जनताको माझमा जाने बताए ।

कार्यक्रममा एमाले नेता रामचन्द्र पोख्रेल, माओबादी केन्द्रका नेता डिलाराम पान्डे, नेपाल समाजबादिका नेता पुस्करनाथ आचार्य, नेपाल परिवार दलका नेता डिल्लीराज भुसाल, नागरिक समाजका अध्यक्ष नन्दराम पोख्रेल पत्रकार महासघका अध्यक्ष अशोक खनाल लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा नेकपा ( बहुमत ) का ब्युरो सदस्य तथा रुपन्देही संयोजक सुनिल बन्जाडे , अनेमसंगठन कि केन्द्रिय महासचिव रेखा खनाल लगायतको आतिथ्यता रहेको थियो । तीन दलद्धारा प्रस्तुत गरिएको कार्यपत्रमा नेपाली जनताको हित गर्ने नौलो जनबाद हुदै बैज्ञानिक समाजबाद स्थापनाका लागी अगाडि बढ्ने निति तथा कार्यक्रम सहित कार्यपत्र प्रस्तुत गरिएको थियो कार्यक्रम नेकपा मशालका प्रतिनिधि नरेन्द्र थापाको अध्यक्षता मसाल नेता कृष्ण केसीको कार्यपत्र प्रस्तुति क्रान्तिकारी माओबादीका जिल्ला सचीव टन्कमानको स्वागत मन्तव्य तथा नेपाल (बहुमत ) का जिल्ला सचीव नवीन खड्का बारुदको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै