२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

एमालेले राष्ट्रीय ढुकुटीको दुरुपयोग गर्दा आर्थिक संकट निम्तियो: पुष्पा भुसाल

Workplace

लक्ष्मण घिमिरे अर्घाखाँची । प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले जनताले संघर्ष गरेर ल्याएको व्यवस्था खतरामा परेको बताएकी छिन्। एमालेले संविधानको पालना नगरेकाले व्यवस्था खतरामा रहेको उनको भनाई छ।

भुमिकास्थानको पोखेडाँडामा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले संविधान बनाएर त्यसको कार्यान्वयन गर्न जनताले एमालेलाई झन्डै दुईतिहाई मत सहित सत्तामा पुर्याएपनि एमालेले संविधान र नागरिकको अभिमतको सम्मान गर्न नसकेको बताईन्। संविधान रक्षाको लडाईमा संसद पुनस्थापना गरेर एक खुड्किला सफल भएपनि मंसिर ४ गते अर्को परिक्षा रहेकाले संविधान र देशको हितमा जनताले निर्णय गर्नेमा आफु विश्वस्त रहेको उनले बताईन्।

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी नेतृ भुसालले युवाहरुले पठाएको रेमिटेन्सले भरेको राष्ट्रिय ढुकुटी एमालेले रित्तो बनाएर देशलाई टाट पल्ट्याएको बताईन्। आज देखिएको आर्थिक संकटको सबै कारण एमाले रहेको उनले आरोप लगाईन्। अबको निर्वाचन पछी युवाहरुको चाहाना बमोजिम देशले गती लिने बताईन्। अबको निर्वाचन गठबन्धनको पक्षमा आउने भन्दै लोकतन्त्र र परिवर्तनकारी शक्तीको जित सुनिश्चित रहेको बताईन्।

कार्यक्रममा प्रदेशसभा ‘ख’ का प्रदेश सदस्य पदका उम्मेद्वार कमल प्रसाद भुसालले दुई तिहाईको सरकार चलाउन नसक्दा देशको यो स्थिती भएको बताएका छन्। जनताको मतको दुरुपयोग गरेकाले एमालेलाई पुनः मत दिनु भनेको देशलाई पछाडी धकेल्नु भएको बताए। जनता सक्षम भईसकेकाले अब भ्रमित कुराहरुका पछाडी लागेर गल्ती नदोर्‍याउनेमा उनले विश्वास व्यक्त गरे ।

प्रदेशसभा ‘क’ का प्रदेश सदस्य पदका उम्मेद्वार सागर केसीले अर्घाखाँचीमा एमाले अताल्लिएको बताए। निष्ठाको राजनिति छोडेर एमाले पैसाको राजनितिमा लागेको उनले आरोप लगाए। गाउँगाउँमा पैसाको आश्वासन बाँड्दै हिंड्ने एमालेका उम्मेद्वारहरुलाई चेतावनी दिंदै केसीले जनता किनबेच गर्ने राजनिति छोडेर एजेण्डा र उद्देश्यमा केन्द्रित हुन आव्हान गरे ।

कार्यक्रममा कांग्रेस प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, पुर्व केन्द्रिय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डे , जिल्ला सभापती केशव श्रेष्ठ, समानुपातिक उम्मेद्वार लोकेन्द्र विश्वकर्मा, जनमोर्चाका पुर्व केन्दिय्र सदस्य शेर बहादुर बिसी, केन्द्रिय सदस्य झवी थापा, जिल्ला अध्यक्ष थम्मन केसी, उपाध्यक्ष गोपाल पौडेल, युवा नेता कवी खनाल, बाबुराम पन्थी सुनार, कांग्रेस जिल्ला सचिव कृष्ण खनाल, अच्युत गौतम, महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, तारा श्रेष्ठ, छमा कार्की, प्रदेश सदस्य शान्ता भण्डारी, कांग्रेसका क्षेत्रिय सभापतीहरु राजेश पन्थी, हेमन्त बेल्वासे, महिला नेतृ संगिता बेल्वासे, लक्ष्मी गौतम लगायत सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो।

नेपाली कांग्रेस भुमिकास्थान नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रम नगरसभापती खडानन्द बेल्वासेको अध्यक्षता र सचिव मुकुन्द खनालको संचालनमा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै