गठबन्धनभित्र सिट बाँडफाँटको समस्या छैन : प्रचण्ड

काठमाणडाैं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रचण्डले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आज उनले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको बताए । उनले दलहरु समझदारी र सहमतिको नजिक पुगेको समेत स्पष्ट पारेका छन् ।

नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हामी हिजो नै टुङ्गोमा पुगिसक्ने थियौँ । कतिपय बेला म उद्योग परिसङ्घको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रित भएर लाग्न पाएनौँ । आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टङ्गोमा पुग्नेछौँ, प्रचण्डले भने ।

प्रचण्डले विभिन्न जिल्लाबाट आफूलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्नका लागि आग्रह गरेको भएपनि चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने भएकाले चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन् ।

चितवन छाड्दा सन्देश राम्रो हुँदैन, जित्छु भन्नेमा पूर्ण विश्वासमा छु । हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ । प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो । अहिले चितवन छाडेर हिँड्दा डराएर हिँडेको भन्ने हुन्छ । मैले त्यहाँ जित्छु पनि,उनले भने ।

प्रचण्डले नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भएर गइसकेपछि राष्ट्रपतिले पारित गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौं यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ । राष्ट्रपतिले दोस्रो पटक प्रमाणीकरण नगर्ने हो भने दुईवटा सम्भावना छ । पहिलो, यो विषय अदालतमा जान्छ । दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्छ,प्रचण्डले भनेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img