काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा दलित संगठन नेपालका केन्द्रीय अध्यक्ष खिम वहादुर वि.क ने.क.पा (माओवादी) केन्द्रमा प्रवेश गरेका छन ।
केही दिन पहिले पार्टी भित्र गम्भीर असहमति जनाउदै जसपा केन्द्रीय सदस्यबाट राजिनामा गरेर बसेका वि.क शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
विक सँगै जसपाका संघिय परिषद सदस्य टाेप वहादुर बलाल, आश बहादुर नेपाली लगायतका नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।
काठमाडौंमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा उपस्थित भई माओवादीकेन्द्र का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड ले स्वागत गर्दै खादा लगायर सम्मान गरेका थिय ।