गठबन्धनमा सिट बाँडफाँट : ६० निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र दाबी

२१ भदौ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले केही सिटको बाँडफाँट टुंग्याएको छ । तर धेरै सिटमा एकभन्दा बढी दलको दाबी रहेका कारण मंगलबार पनि सहमति जुट्न नसकेको कार्यदलका सदस्यहरुले बताएका छन् ।

सिट संख्या टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलका एक सदस्यका अनुसार मंगलबार साँझसम्म कांग्रेसले लिन चाहेको ६० सिटमा अरु दलले दाबी गरेका छैनन् ।

माओवादी केन्द्रले दाबी गरेको १२/१३, एकीकृत समाजवादीले दाबी गरेको ७/८ र जनता समाजवादी पार्टीले दाबी गरेको ६/७ सिटमा अरु दलको दाबी छैन । ‘बाँकी सिटमा दुई वा दुईभन्दा बढी दलको दाबी छ,’ कार्यदलका एक सदस्य भन्छन्, ‘अब सम्बन्धित दलहरुबीचमा पनि कहाँ छोड्ने र कहाँ लिने भनेर छलफल हुन्छ । आफ्नो दलभित्र पनि आन्तरिक छलफल हुन्छ ।’

कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादीले माओवादी, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थियो । शीर्ष तहमा भएको छलफलमा कांग्रेस ९० मा झर्न सहमत भए पनि माओवादीले आधा कांग्रेसले लिएर आधा अरुलाई छाड्नुपर्ने बतायो भने एकीकृत समाजवादीले कांग्रेसलाई ७० सिटमा मात्र लड्न आग्रह गरेको थियो ।

सिट संख्या तोकेर निर्वाचन क्षेत्रबाट छलफल गर्ने प्रयास सफल नभएपछि कार्यदलमा क्षेत्रअनुसार भइरहेको छ । कार्यदलका एक सदस्य भन्छन्, ‘प्रगति भएको छ, तर जति सिटमा मिल्न बाँकी छ, त्यसमा मिलाउन सहज पनि देखिएको छैन ।’

भोलि (बुधबार)साँझ ५ बजे फेरि कार्यदलको बैठक बसेर सहमति जुटेका विषयमा प्रतिवेदन तयार पार्ने सहमति भएको छ र पर्सि बिहीबार ९ बजेका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको छ । कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘करिब करिब लिपिवद्ध गर्ने चरणमा पुगेका छौं । भोलि ५ बजे कार्यदलको बैठक बस्छ र अन्तिम निष्कर्ष निकालेर हाम्रो प्रतिवेदन शीर्ष नेताहरुसमक्ष प्रस्तुत गर्छौं ।’
अनलाइन खबरमा साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img