भाद्र १८, बाबुराम रसाईली अर्घाखाँची । आत्मनिर्भरताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूल नारा सहित नेपाल उद्योग व्यापार महासंघ जिल्ला शाखा अर्घाखाँचीले जिल्ला सदरमुकाम सन्धिखर्कमा भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
नेपाल उद्योग व्यापार संगठन अर्घाखाँचीका सचिव तारा सुनारको अध्यक्षता, नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष खेम श्रीषको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज ठाकुर कुमार वि.क., विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेम श्रीषले सबै संघसंस्था, व्यवसायीहरुसंग सहकार्य, समन्वय गरी कार्य संचालन गर्दा प्रभावकारी हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य तथा राष्ट्रिय भूमि आयोग अर्घाखाँचीका सदस्य छम कुमारी खनाल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र भुसाल, लुम्बिनी प्रदेश समिति सदस्य धर्मराज भुसाल, रामलाल पराजुली, अनेमसंघ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश समिति सदस्य कमला भुसाल भण्डारी, कृष्ण सारु, नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश उपमहासचिव खिमानन्द पौडेल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, अर्घाखाँची उद्योग वाणिज्य संघका सचिव सन्तोष बस्नेत, चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठले अर्घाखाँची उद्योग वाणिज्य संघ जसरी एक दलिय रुपबाट संचालन गरिरहेको छ त्यसले आगामी दिनमा उद्योग व्यवसायीहरुको हित विपरित हुने र त्यसले दुर्घटना समेत पैदा गर्ने जनाएका छन् ।
कार्यक्रममा ट्याक्सी व्यवसाय संघ जिल्ला अध्यक्ष महेन्द्र कुमार भुसाल, वनपैदावार व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बाबुराम श्रेष्ठ, नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश सचिव मोहनसिंह ठकुरी, नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश सदस्य नारायण प्रसाद खनाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सदस्य बाबुराम रसाईली, छत्रदेव गा.पा. २ का वडा सदस्य वरकत अलि मिया, देउराली यातायात अर्घाखाँची प्रा.लि. सचिव विष्णु पन्थी, जिल्ला खेलकुद विकास समिति कोषाध्यक्ष प्रेम बहादुर आले, अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष सुदिप खनाल, अनेमसंघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष जयन्ती श्रेष्ठ समेतको आतिथ्यता रहेको थियो ।
साथै उक्त अधिवेशनले तारा सुनारको अध्यक्षतामा २३ सदस्यता जिल्ला समिति गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष रामहरी भुसाल, उद्योग उपाध्यक्ष भोजराज पन्थी, उद्योग वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार भुसाल, महासचिव रामु के.सी., कोषाध्यक्ष जयन्ती श्रेष्ठ, सचिव रमेश अधिकारी लगायत २३ सदस्यीय जिल्ला समिति निर्वाचित भएका छन् । कार्यक्रम नेकपा माओवादी केन्द्र नगर समिति सदस्य रामहरी भुसालको स्वागत मन्तव्य र अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सदस्य लक्ष्मण खड्काको संचालनमा सम्पन्न भएको थियो ।