अर्घाखाँचीबाट प्रतिनिधीसभाको उम्मेदवार बन्ने उपसभामुख भुसालको संकेत

नविन रसाईली अर्घाखाँची । प्रतिनिधीसभाकी उपसभामुख तथा नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाल आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधीसभाको उम्मेदवार बन्ने संकेत गरेकी छन् । सनिवार अर्घाखाँचीको सन्धिखर्कमा भएको “उप–सभामुख सम्मान तथा पत्रकार भेटघाट” कार्यक्रममा बोल्दै भुसालले आफु अर्घाखाँचीबाट प्रतिनिधी सभा प्रत्यक्ष तर्फको उम्मेदवारको बलियो दाबेदार रहेको जिकिर गरिन् । भुसाल प्रतिनिधीसभाको उपसभामुख भएपछि पहिलो पटक गृह जिल्ला पुगेकी हुन् ।

उनले युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गर्न नहुने बताईन । ‘नयाँलाई अवसर दिनुपर्छ भन्दैमा पुरानालाई निषेधको राजनीति गर्न हुदैन, यदि त्यो प्रवृति अगाडी बढायौ भने राजनीति नकारात्मक चरणतिर अगाडी बढ्छ भन्ने मेरो मान्यता हो । व्यक्ति यो वा त्यो भन्दापनि उसले गर्ने काम सबैभन्दा महत्वपुर्ण हो ।’ भुसालले भनिन ।

यस्तै फरक प्रसंगमा भुसालले नेपाल अहिले विकासन्मुख तिर अघि बढेको बताउदै अर्घाखाँचीमा बसेर यहाँका जनताले आफ्नो भविष्य सुनिश्चित भएको महशुस गर्ने गरि विकास गर्नु आवश्यक रहेको बताईन । जिल्लाका स्थानिय सरकारले विकासको ठुलो परिकल्पना गर्दा स्थानिय सरकाको श्रोतले धान्न नसक्ने हुँदा प्रदेश र केन्द्रिय सरकार सँग समन्वयकारी भुमिका खेल्नुपर्ने रहेको बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img