नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले टुंगो लगायो उम्मेदवार

९ भदौ २०७९, नवीन रसाइली अर्घाखाँची । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँचीले उम्मेदवारको टुङ्गो लगाएको छ ।

बिहीबार पार्टी कार्यालयको सभाहल सन्धिखर्कमा बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
एकीकृत समाजवादी जिल्ला अध्यक्ष राम बहादुर चौहानका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सह-ईन्चार्ज यमुना भुसाललाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष चौहानले बताउनुभयो ।

यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ राम बहादुर चौहान र (ख) को प्रत्यक्षतर्फ पिताम्बर सारु र सुशील भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ । प्रदेशसभाको समानुपातिकतर्फ पुष्पा भाट, मोति श्रीपाल र सुनिता बेल्वासेलाई सिफारिस गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै