९ भदौ २०७९, नवीन रसाइली अर्घाखाँची । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अर्घाखाँचीले उम्मेदवारको टुङ्गो लगाएको छ ।
बिहीबार पार्टी कार्यालयको सभाहल सन्धिखर्कमा बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
एकीकृत समाजवादी जिल्ला अध्यक्ष राम बहादुर चौहानका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सह-ईन्चार्ज यमुना भुसाललाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष चौहानले बताउनुभयो ।
यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ राम बहादुर चौहान र (ख) को प्रत्यक्षतर्फ पिताम्बर सारु र सुशील भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ । प्रदेशसभाको समानुपातिकतर्फ पुष्पा भाट, मोति श्रीपाल र सुनिता बेल्वासेलाई सिफारिस गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ ।