हृदय भुसाल बुटवल । अखिल नेपाल महिला संघ (समाजबादी) नवलपरासीको आयोजनामा एक दिबसिय जिल्ला स्तरिय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अथिती एबम अनेमसंघ (समाजबादी) केन्द्रिय सदस्य पम्फा अर्यालले राजनैनिक परिवर्तनमा महिलाले खेलेको भुमिका अतुलनीय भएको भन्दै बिकास र समृद्धिको कार्यक्रममा पनि महिलाहरुको नेतृत्वदायी भुमिका हुनुपर्ने बताईन ।
कार्यक्रममा नेकपा (एस)लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङ,केन्द्रिय सदस्य तथा नवलपरासी इन्चार्ज बृहस्पति अधिकारी, युवा संघ नेपाल केन्द्रिय कमिटी उपमहासचिब सरिता श्रीरिस, नवलपरासी पार्टी जिल्ला कमिटी अध्यक्ष,यज्ञ खनाल,पार्टी केन्द्रिय निर्वाचन आयोग सदस्य टक खनाल,उमा पराजुली, मेनुका मल्ल लगायतले प्रशिक्षणमुलक मनतब्य राख्नुभएको अनेमसंघ (समाजबादी) जिल्ला अध्यक्ष लक्ष्मी भुसालले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा विश्व महिला र नेपाली आन्दोलन, नेपाली राजनीतिमा महिला सहभागीता,संविधानमा महिला अधिकार को स्थिती,बर्तमान निर्वाचनमा महिला सहभागीता लगायतका महत्त्वपूर्ण विषयमा प्रशिक्षण संचालन गरेको आयोजकले जनाएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष लक्ष्मी भुसाल, स्वागत सीता पराजुली र संचालन सुशील देबकोटाले गर्नुभएको थियो ।