
अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले साउन ३१ गते अर्घाखाँची जिल्लामा शैक्षिक हड्तालको धोषणा गरेको छ । सदरमुकाम सन्धिखर्कको शान्तिबगैचामा आयोजना गरेको कोणसभालाई सम्वोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले जिल्लामा शैक्षिक क्षेत्रमा विकृति बढ्दै गएकोर सरोकारवाला निकायले कुनै जिम्मेबारी भुमिका निर्वाह नगरेको शैक्षिक माफिया र दलालको चक्रव्युबाट बचाई शिक्षालाई निशुल्क बनाउन र सविधानले प्रदान गरेको निशुल्क शिक्षाको अधिकार प्रदान गर्नको लागि आम शैक्षिक हड्तालको आयोजना गरेको बताउदै यि मुद्धा आफ्ना नभएर हजारौ विधार्थीको मुद्धा भएकोले यसमा हजारौँ विधार्थीको साथ सहयोग रहने बताएका थिए ।

कोणसभाको पुर्व सन्ध्यामा आज सदरमुकाम सन्धिखर्कका विभिन्न चोक चोक गल्ली गल्लीमा विधार्थीहरु नारा जुलुस सहित परिक्रम गरि शान्तिबगैचामा आएर कोणसभा परिणत भएको थियो कोणसभाको सञ्चालन विधार्थी नेता सुनिल नेपालीले गरेका थिए ।
