अर्घाखाँची । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विषयलाई एमालेले स्वागत र विरोध केही पनि नगरेको नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन् । सोमबार अर्घाखाँचीमा प्रेस चौतारी नेपाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेम्वाङले संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको बताउदै त्यसमा एमालेले कुनै टिप्पणी गरिरहनु पर्ने आवश्यक नभएको बताए ।
उनले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै अगाडी बढ्ने तयारी गरिरहेको बताउदै चुनाव पछी एमालेको सरकार बन्ने दाबी समेत गरेका थिए । गएको स्थानिय तहको निर्वाचनमा पार्टीभित्रको आन्तरिक समस्याले सोचेअनुरुप परिणाम आउन नसकेको भन्दै नेम्वाङले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आफुहरु भित्र भएका कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्ने बताएका थिए ।