बजेट उत्पादनमुखी भएकाले सबैलाई उत्पादनको क्षेत्रमा लाग्न अर्थमन्त्री शर्माकाे आग्रह

काठमाण्डाै । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आज मङ्गलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गर्नुभयो । मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किसानको भूमिका महत्त्वपूर्ण हो । हामीसँग भएको जमिन, जङ्गल र श्रम हो । यसको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समुन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ । बजेटले किसानका महत्त्वपूर्ण भूमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ । लघुवित्तहरूले ऋण दिनुपर्छ भनेर बजेट पास भएको छ । किसानको घर–खेतमा गएर लगानी गर्ने विषय अगाडि बढाएको छ । किसानलाई पेन्सनको कुरा बजेटमा आएको छ । कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको छ । सबै उमेरकालाई कृषि क्षेत्रको उत्पादनमा सहभागी गरौँ । काठमाण्डाैका लागि चाहिने तरकारी काठमाण्डाै आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा अबकाे ६ महिनामा आत्मनिर्भर हुन सक्छौँ । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्न सक्छाैँ । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयनमा चुनौती रहेको छ । सबै मिलेर कार्यान्वयन गर्नुपर्छ ।’

मन्त्री शर्माले भूमिहीनहरूलाई जमिन दिएर, पुँजी नहुनेहरूका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कृषिमा जोडेमात्रै देशको अर्थतन्त्र सबलीकरण हुनसक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img