विप्लव सत्ताको बाटोमा हिडेकाले पार्टी विभाजन भयोः बास्तोला

नविन रसाईली अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी बहुमतका केन्दिय संयोजक धर्मेन्द्र बास्तोला (कन्चन) ले नेत्र विक्रम चन्द –विप्लव) ले पार्टीको विधि विधानलाई छाडेर सत्ताको पछि लाग्नाले पार्टी विभाजन भएको बताएका छन् । आइतबार जनपत्रकार संगठन अर्घाखाँचीको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका थिए ।

कन्चनले विप्लव संसदिय व्यवस्था भित्र प्रवेश गर्न खोेजेको बताउदै विप्लव पार्टीको निर्णय विपरित गएको समेत बताएका थिए । पार्टीको केन्द्रिय बैठकमा चुनावमा नजानेको पक्षमा ४५ जना सदस्य र चुनावमा जानेको पक्षमा २७ जना सदस्य रहेको रहेको बताउदै चुनावमा नजानेको पक्षमा बहुमत भएकाले पार्टी विभाजन पछी पार्टीको नाम नै नेकपा बहुमत राखिएको जानकारी दिए ।

यस्तै उनले फरक प्रसंगमा भनेका छन् “जननिर्वाचित कार्यकारी राष्ट्रपति बनाउनुपर्छ, अब सांसदबाट मन्त्री बनाउन नहुने भन्दै विज्ञ व्यक्तिलाई मात्रै मन्त्री बनाउने, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका जनताबाटै निर्वाचित हुनुपर्ने हाम्रो पार्टीको धारण हो”। उनले आफ्नो पार्टी बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको पनि बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बहुमतका कपिलवस्तु, अर्घाखाँची ईन्चार्ज शेरमान, पार्टीका शेक्रेटरी नवीन खड्का लगाएतको उपस्थिति रहेको थियो । भेटघाट कार्यक्रम जनपत्रकार संगठनका केन्द्रीय सदस्य अनिल नेपालीको अध्यक्षता, अयन विकको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img