१० फाल्गुन २०८०, बिहिबार
१० फाल्गुन २०८०, बिहिबार

आउँदाे चुनावमा पार्टीकाे सिट बढ्ने अध्यक्ष नेपालकाे दाबी

Workplace

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे प्रदेश र सङ्घकाे चुनावमा आफ्नाे पार्टीकाे सिट बढ्ने दाबी गर्नुभएकाे छ । आज बुधवार काठमाण्डाैमा पार्टीकाे स्कुल विभागले आयोजना गरेको पालिकाका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले आउँदाे प्रदेश र सङ्घको चुनावमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक रहेको बताउनुभयो । प्रत्यक्ष चुनावमा आफ्नो पार्टीको सिट बढ्ने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयाे, ‘गठबन्धनको गीत हामीले बढी गायाैँ । गठबन्धनको भरोसा धेरै गर्‍याैँ । अरूकाे भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनाैँ । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो । समानुपातिकमा २०/२५ लाख मत प्राप्त गर्‍याैँ भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष चुनावमा हाम्रो क्षमता बढ्छ ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा फुटाएको आराेप लगाउनुभयाे । एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकताबद्ध गर्न नसकेको उहाँकाे भनाइ छ । उहाँले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताउनुभयो । अध्यक्ष नेपालले ओलीले अहमता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै