१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

काठमाण्डाै । नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गर्नुभएको छ । आज आइतवार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि भुसालले पदभार ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ ग्रहण गराउनुभएको थियो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपसभामुख भुसालले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने बताउनुभयो । उहाँले उपसभामुख बनेपछि आफ्नो जिम्मेवारी बढेको महसुस गरेको सुनाउनुभयाे ।

उपसभामुख भुसालले संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सदनलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन आफ्नो महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उपसभामुख भुसाल गएकाे शुक्रवार नेकपा एमालेकी सांसद विद्या भट्टराईलाई पराजित गर्दै गठबन्धनको तर्फबाट उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै