८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी अर्घाखाँचीको अध्यक्षमा पदम नेपाली चयन

Workplace

अनिल नेपाली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीको विशेष भेला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ सदरमुकाम सन्धिखर्क भक्तिटोलाबाट सुरु भएको ¥यालीको मसाल बालेर सगठनका केन्द्रिय कोषाध्यक्ष दिपक विस्टले उद्घाटन गरेका थिए ¥याली बजारका विभिन्न चोक चोक परिक्रममा गरी सभामा परिणत भएको थियो ।

सभालाई सम्वोधन गदै विस्टले नेपालमा परिबर्तनकारी युगान्तकारी सोच राखेर आफुहरुले लामो समयदेखि देशमा भएका बेथिति अन्याय अत्याचार विरुद आन्दोलन गरेतापनि नेतृत्वमा आएको बैमानीले आन्दोलनलाई केही धक्का भएतापनि आफुहरुले कम्युनिस्ट पार्टीको पुनगठन गरेर जनताको विचमा आएको बताउदै अब सशोधनबाद र विर्सजनबादका विरुदमा जनताले आन्दोलन गरेर देशलाई नेपाली जनताले पुजीबाद सशोधनबादबाट निमुल पारेर बैज्ञानिक समाजबादीको क्रान्तिको दिसामा अगाडि बढाउने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बहुमतका जिल्ला सेक्रेटरी बारुदले नेपाली जनताले पुजीबाद सशोदनबादीका विरुदमा आन्दोेलन गरेर देशलाई समाजबादी क्रान्तिको दिशामा अगाडि बढाउने बताए ।

कार्यक्रमा अखिल नेपाल महिला सघ केन्द्रिय सदस्य माया नेपाली अखिल क्रान्तिकारी केन्द्रिय सदस्य ईन्दु बली नेकपा बहुमत सन्धिखर्क नगरपालिका ईन्चार्ज गोविन्द खनाल लगायतका नेताले शुभकामना मन्तब्य राखेका थिए । भेलाले पदम नेपालीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति चयन गरेको छ जसको उपाध्यक्षमा राजेश नेपाली लक्ष्मी खनाल सचिबमा शकर विक सहसचिबमा रचना सुनार कुमार नेपाली कोषाध्यक्षमा सुरज विश्वकर्मा लगायत २९ जना निर्वाचित भएको प्रचार प्रचार विभागका प्रमुख अविरलले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै