हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाण्डाै – हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्विटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको जनाकारी दिनु भएको छ । उहाँका अनुसार जाहाज मुस्ताङको थसाङ २ सानोस्वरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

सिलवालले ट्विटरमा दुर्घटनाग्रस्त विमानको तस्बिर पनि राख्नु भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको हो ।

हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको थियो ।

हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img