एमसीसी विरुद्ध नेकपा (एस) अर्घाखाँचीका जनवर्गिय सगठनद्वारा विराेध प्रदर्शन

१ फागुन, हृदय भुसाल अर्घाखाँची । सता साझेदार पार्टी नेकपा एकीकृत (समाजबादी )निकट अर्घाखाँचीका जनबर्गिय सगठनले आईतवार अमेरिकी सहयोग नियोग (एमसिसि) सम्झौताको विरुद्धमा सन्धिखर्कको शान्ति बगैंचामा बिरोध प्रदर्शन गरेका छ्न । आज पार्टीका भातृ सङ्गठनले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप चाहिँदैन लगायतका नारा लगाएका थिए । जनसंगठनहरुको नारा लगाउदैँ बजार परिक्रमा गरि शान्ति बगैंचामा पुगि कोण सभामा परिणत भएको थियो ।

तस्विरः नविन रसाइली

कोण सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजबादी) अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले एमसिसि सम्झौता रास्ट्रघाति परियोजना भएकोले कुनै हालतमा खारेज हुनुपर्ने बताउनु भयो ।अध्यक्ष चौहान जस्तो सुकै मूल्य चुकाउन परे पनि जनबिरोधि रास्ट्रघाति सम्झौताको सबै तहबाट सशक्त बिरोध गरिने बताउनु भयो । जनताको भावना बिपरित अगाडी बढ्न खोजिए सबै खालको आन्दोलन अगाडी बढाउन पार्टी बाध्य हुने अध्यक्ष चौहानले बताउनु भयो ।

कोण सभालाई किसान महासंघका केन्द्रिय कमिटी सचीव तथा एकीकृत समाजबादीका जिल्ला पार्टी सचीव युबराज पौडेल अनेरास्ववियूका केन्द्रिय कमिटी सचीव नारायण शर्माले सम्बोधन गर्दै जनताको भावना बाहिर गयर गरिने सबैखालका कार्यको सशक्त बिरोध गरिने बताउनु भयो ।

कार्यक्रम युबा संघका जिल्ला अध्यक्ष पुस्कर पौडेलको अध्यक्षता र अनेरास्ववियुका अध्यक्ष सागर परिवारको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै