सुनको अनुसन्धान सकिएपछि विमानस्थल भन्सारका कर्मचारीले रोके आन्दोलन

२७ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन रोकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरु आन्दोलन रोकेर नियमित काममा फर्किएका हुन् ।

नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका थिए भने २५ भदौमा कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गरेका थिए ।

भन्सार विभागसहित अर्थ मन्त्रालयले अनावश्यक रुपमा दुःख दिने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाएको भन्दै कर्मचारीहरु आन्दोलन रोकेर काममा फर्किएका छन् ।

विनाप्रमाण केही कर्मचारीहरु पक्राउ गरेको भन्दै उनीहरुले २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका थिए ।

तर, प्रहरीले हिजो २७ भदौमा नै प्रहरीले अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात् कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दाको प्रतिवादी बनाउन राय दिएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

यसरी अनुसन्धानमा तानिने डरले आन्दोलन सुरु गरेका कर्मचरीले अनुसन्धान सकिएको सीआईबीको घोषणासँगै सन्तोषको सास फेरेको अर्थ मन्त्रालय स्रोतले बतायो । ‘पछिल्ला दिनमा समेत केही कर्मचारीहरु समातिए, त्यसपछि विमानस्थल भन्सार त्रास बढेको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘प्रहरीले अनुसन्धान सकाएकाले अब भन्सारमा काम प्रभावित हुँदैन ।’

गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भए पनि विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका थिए ।

कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्‍याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो थियो । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै उनीहरुले सामूहिक सरुवाको माग समेत गर्दै निवेदन दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डे विमानस्थल भन्सारको काम नियमित तवरले भइरहेको बताउँछन् । कर्मचारीहरुलाई हतोत्साही नहुने वातावरण बनाउने काम गरिएको भन्दै उनले भने,‘भन्सार जाँचपास र यात्रु जाँचपास दुबैतर्फ नियमित रुपले सेवा दिँदैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img