चार राजनैतिक दलले घोषणा गरे समाजवादी मोर्चा

नविन रसाईली काठमाण्डौं । चार राजनैतिक दलको समाजवादी मोर्चा नेपाल बनेको छ । राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे लगतै समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिष्ट पार्टी छन् । सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिने बताइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले समाजवादी मोर्चा बामपंथीका पक्षधर, अग्रगामीका पक्षधरहरुको मोर्चा भएको बताए । प्रचण्डले समाजवादी मोर्चाले दिर्घकालिन लक्ष राखेको बताउँदै नेकपा बनाउँदा जस्तो हतारमा मोर्चा घोषणा नगरिएको बताए । उनले समाजवादी मोर्चा बनाउन लामो समय देखि प्रयास गरिरहेको बताउँदै अब मोर्चालाई अभियानका रुपमा लैजोने बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा स्वार्थमा बनेको नभई यो देशको हितको लागि बनेको बताए । उनले यो मोर्चा कसैलाई तर्साउन नबनेको बताउँदै कोहि नडराउन र नतर्सिन आग्रह गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव विप्लव सीले समाजवादी मोर्चा देशको आवश्यकता अनुसार बनेको बताएका थिए । उनिहरुले सत्ता टिकाउनको लागि मात्र समाजवादी मोर्चा घोषणा नगरिएको बताउँदै समाजवादी मोर्चा राष्ट्र र जनताको अपेक्षा अनुसार काम गर्न बनेको बताएका थिए ।
यस्तो छ सहमती पत्र हेर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img