हावाहुरीले मकै बालीमा क्षति

विक्रम आचार्य शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ मा हावाहुरीले करिब ५०० रोपनी क्षेत्रफलमा नुक्सान पु¥याएको छ । गत असार ३१ गते आएको हावाहुरीले मकैको बोट नष्ट गरेपछि सितगंगाका कृषक चिन्तित बनेका छन । पाक्न लागेको मकैको बोट हावाहुरीले ढालेर सोत्तर बनाए पछी कृषक चिन्तित बनेका हुन । जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीले क्षेति पु–याउदै आएको छ । जसले गर्दा उत्पादनमा गिरावट आउने किसानको भनाइ छ ।

नेपालमा खेती गरिने प्रमुख तीन बालीहरु मध्ये उत्पादनको आधारमा धानपछिको दोस्रो मुख्य बाली मकै हो । विशेषतः पहाडी क्षेत्रहरुमा मकैलाई महत्वपूर्ण खाद्य स्रोतको रुपमा लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली हो, तर अरु विकसित देशहरुको दाँजोमा यसको औसत उत्पादन भने नेपालमा कमै देखिन्छ ।

धेरै मिहेनत गरेर लगाएको मकैमा प्राकृतिक विपत्तिको चपेटामा परेपछि कृषकहरू निराश बनेका एक किसान बसन्ता आचार्य बताईन । हावाहुरी र वर्षाले कृषकलाई ठूलो क्षति पु–याएको उनले जानकारी दिइन । अघिल्लो वर्ष पनि हावाहुरीले मकै तथा धान बालीमा क्षेति पु–याएको थियो । हावाको बेगका कारण अधिकांश मकैको बोट ढलेर चौर जस्तै बनेको छ ।

गुनासो राख्दै कृषक बसन्ता आचार्य

नगरपालिकाले कृषकको आखाँमा छार्राे हान्नमात्र अनुगमन गरेतापनि कृषकहरुका समस्याहरु भने समाधान भएका छैनन् । हरेक वडाका कृषकलाई माटो र स्थान अनुसारको कुन विउ प्रयोग गर्ने कतिपटक गोडमेल गर्ने कुन विषादी, कुन मल प्रयोग गर्ने प्राविधिक ज्ञान नहुदा पनि यस्ता घटनाको सामना कृषकले भोग्नु परेको छ । त्यसैले एक वडा एक कृषि प्राविधिक भए मात्र कृषकले केहि राहात पाउन सक्छन् त्यता तीर नगरपालिकाको ध्यान जान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img