सन्धिखर्क नगरपालिकाले ल्यायो १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट

प्रेस लुम्बिनी अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।

सन्धिखर्क नगरपालिकाको ११ औं नगर सभामा चालुतर्फ ६५ करोड ४ लाख ५० हजार र पुँजीगततर्फ ४६ करोड ५९ लाख ४० हजार रुपैयाँको बजेट विनियोजन गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

सन्धिखर्क नगरपालिकाले शिक्षा, स्वास्थ, कृषि विकास, पशु विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले नगरको नीति तथा कार्यक्रममा खानेपानी, विद्युत महसुल, ७० वर्ष मुनिका एकल महिला पुरुषको ७५% अनुदानमा स्वास्थ बिमा, बिपन्न गर्बबति महिलाहरुको लागी बिशेष पोषण प्याकेज, पालिकामा कार्यरत कर्मचारी तथा शिक्षकको घटना दुर्घटनामा मृत्यु भएमा परिवारलाई पाँच लाख सम्म आर्थिक सहयोग, स्थानीय शुरक्षा प्रबन्धन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान गराइने बताए ।

आर्थिक विकासमा १० करोड ४२ लाख, सामाजिक विकासमा ६१ करोड ३८ लाख, पुर्बाधार विकासमा २७ करोड ९० लाख, वन वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड १३ लाख र शुसासन तथा सस्थागत विकासमा १० करोड ८० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । नगरपालिकाले भ्रष्टाचार प्रति शुन्य सहनशीलताको निति अनुरुप भ्रष्टाचारजन्य क्रियाकलाप विरुद्ध निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक निर्णय गरेको पनि प्रशासकीय अधिकृत अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै