स्नातक तहका ४० जना विद्यार्थीहरुलाई सन्धिखर्क नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउने

अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाका नव निर्वाचित नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै सुशासन र बिनाझन्झट गुणस्तरीय सेवा दिने बताएका छन । पदभार ग्रहण कार्यक्रममा प्रतिवद्धता मन्तब्य राख्दै नगरप्रमुख श्रेष्ठले पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहका ४० जना जेहेन्दार, पिछडिएका विपन्न वर्गका विद्यार्थीहरुलाई भर्ना शुल्क क्याम्पसले मिनाहा गर्ने गरि निश्चित प्रक्रिया र मापदण्डको आधारमा मासिक शिक्षण शुल्क भुक्तानी गर्न नगरपालिकाबाट छात्रवृत्ति उपलब्ध गराइने प्रतिबद्धता ब्यक्त गरेका छन । श्रेष्ठले सन्धिखर्क नगरपालिका का १२ वटै वडालाई भेदभाव नगरि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो पुर्वाधार – समृद्ध सन्धिखर्क निर्माणका मुल आधार मानेर रोजगारी सृजना गर्न सकिने गरि रोजगार मुलक कार्यक्रमलाई अगाडि बढाउने बताए ।

नगरप्रमुख श्रेष्ठले न्युनतम विद्धुत महशुल ३० रुपैया बुझाउनुपर्ने सम्पुर्ण घर– परिवारको विधुत महशुल नगरपालिकाले भुक्तानी गरिदिने, नगर भित्रका सम्पुर्ण सामुदायिक लिफ्टिङ्ग खानेपानीको महशुल ६० प्रतिशत नगरपालिकाले भुक्तानी गर्ने भएको छ । नगरप्रमुख श्रेष्ठले निर्वाचित जन प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताउदै नगरपालिकाको विकासमा दत्तचित्त भएर लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img