करोडको गाडी चढेर जनताको समस्या देखिदैँन, आफ्नै पुरानाे माेटरसाइकल चढ्छु: मेयर साम्पाङ

सुनसरी । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी हुनुभएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग नगरि जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताउनुभएको छ । ‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदैँ आउनुभएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नम्बर पनि दिनुभएको छ । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाईँको सेवक, जय धरान’, उहाँले भन्नुभएको छ ।

उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले मेयरका लागि को १ ज ६४० नम्बरको जीप तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा रहेका छन् । यस्तै उपमेयरका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो । ‘हामीले उहाँहरूले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरूको इच्छा हो’, अधिकृत खतिवडाले भन्नुभयो । हिजो मङ्गलवार पदभार ग्रहणपछि मेयर राई उपमहानगरपालिका पुग्नुभएको छैन । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने मेयरमा विजयी हुनेबित्तिकै उहाँले घोषणा गर्नुभएको थियो ।

मेयरमा निर्वाचित भएपछि विभिन्न सामाजिक सङ्घ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उहाँले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रहसमेत गर्नुभएको छ ।

लामो सयमदेखि सामाजिक अभियानमा लाग्नुभएका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाउनुभएको थियो । मङ्गलवार पदभार ग्रहण गर्दै उहाँले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाउनुभएको छ । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उहाँको भनाइ छ । पदभार ग्रहण गर्दै साम्पाङले भन्नुभयो, ‘परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेस गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गर्नुभएको छ । कार्यदलको संयोजकमा उपमेयर अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख रहनुभएको छ । यस्तै सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष वा उहाँले तोकेका व्यक्ति कार्यदलमा सदस्य रहने छन् । कार्यदलले धरानको कर वैज्ञानिक भए–नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिइने मेयर राईले जानकारी दिनुभयो । सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img