मालारानीमा गठबन्धनको जित सुनिश्चित छः केन्द्रिय सदस्य आचार्य

नविन रसाईली अर्घाखाँची । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा मालारानी गाउँपालिकामा पाँच दलिय गठबन्धनको जित सुनिश्चित रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा विषेश प्रदेश समन्वय इन्चार्ज डिलाराम आचार्यले बताउनुभएको छ । यस अघि २०७४ सालको स्थानीय तहमो निर्वाचनमा मालारानी गाउँपालिका प्रमुख उपप्रमुखमा नेकपा एमालेले जित हासिल गरेको तर जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउदै अबको चुनावमा एमालेलाई जनताले भोट नदिने दाबी गर्नुभएको छ । सनिवार मालारानी गाउँपालिकाको वडा नं. ५ बाँगीको कोण सभालाई सम्बोधन गर्दै आचार्यले यस्तो बताउनुभएको हो ।

चुनाव नजिकीदै गर्दा नेकपा एमालेले जनतामाझ गलत प्रचार गर्दै हिडेको बताउदै कुनैपनि प्रलोभनमा नपर्न कार्यक्रममा मन्तव्य राख्ने नेताहरुले बताएका छन् । गठबन्धनको तर्फ बाट पालिका अध्यक्ष पदमा पदम क्षेत्री र उपाध्यक्ष पदमा सोभाखर खनालले जित्ने आधार बनाइसकेको समेत बताएका थिए ।

यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहनले मालारानी गाउँपालिकाका सबै वडाहरु गठबन्धनले भारी मतले विजयी गर्ने बताउदै मालारानी ५ मा पनि गठबन्धनको तर्फ बाट विष्णु प्रसाद आचार्य लगायतका उम्मेदवारहरुले विजयी हासिल गर्ने बताउनुभयो । विष्णु आचार्य जनतााको सेवामा विगत लामो समय देखि नै निरन्तर लागेको स्मरण गराउदै अबको चुनावमा बाँगीको विकास र समृद्धिको लागि आचार्यले जित्नुपर्ने समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै