अर्घाखाँचीमा गठबन्धनको घरदैलो अभियान तिब्र, जनताको उत्साहजनक समर्थन

नविन रसाईली अर्घाखाँची । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि गाउँ टोलमा चुनावी गतिबिधी बढेको छ । राजनैतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु मतदातालाई भेटन घर–घरमा पुग्न थालेका छन । घरमा मतदाना नभेटिए खेतबारी तथा बाटो मै भएपनि भेटेर सहयोग गर्न अनुरोध गरेका छन् । अर्घाखाँचीमा पनि चुनावी सर्गमी बढेको छ । अर्घाखाँचीमा गठबन्धन दलका उम्मेदवारहरु गाउँगाउँ, टोल टोलमा पुगेका छन । उनिहरु आफ्ना एजेण्डा तथा प्रतिबद्धता सहित घर दैलोमा पुग्दा जनताको समर्थनले अझ उत्साह थपेको बताउन्छन् ।

सनिवार मालारानी गाउँपालिकाको वडा नं. ५ बाँगीमा घरदैलो कार्यक्रम पछि भएको कोण सभामा बोल्दै गठबन्धनबाट पालिका अध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका पदम क्षेत्री, कांग्रेसका उपाध्क्षका उम्मेदवार शोभाखर खनालले जनताको घरदैलोमा पुग्दा थप उत्साह बढेको बताए । उनिहरुले गाउँपालिकाको दैनिकी सहज बनाउने देखि शिक्षा, स्वास्थ्य, रोजगार, कृषि पर्यटन लगायतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने संकल्प गरेका छन् । कोण सभामा बोल्दै अन्य अतिथिहरुले गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेमताका कुनै पनि पार्टी नभएकाले मालारानीमा गठबन्धनले जित सुनिश्चित गरेको बताए ।

सन्धिखर्क नगरपालिकामा पनि घर घरमा पुगेर मतदाताहरुलाई भेट्ने काम तिब्र रुपमा चलेको छ । गठबन्धनका साझा उम्मेदवारहरु नेपाली कांग्रेसबाट मेयर पदका शान्ता भण्डारी र नेकपा माओवादी केन्द्रबाट उपमेयर पदका राजेन्द्र भुसाल यतिबेला घरदैलो अभियानमा तिब्र रुपमा लागेका छन् । प्रत्येक वडाहरुबाट आ–आफ्ना वडा अध्यक्ष, सदस्यहरु तथा राजनैतिक दलका नेता कार्यकर्ताहरु सँगै उनिहरुले घरदैलो गरेका छन् । घरदैलो अभियानका क्रममा जनताले थपेको उर्जाले आफुहरुको जित सुनिश्चित रहेको नगरपालिका मेयर पदका उम्मेदवार शान्ता भण्डारीले बताइन । उनले जनतासँग निकट भएर काम गर्ने बताउदै सन्धिखर्क नगरपालिकालाई समृद्ध बनाउने संकल्प सहित अघि बढेको समेत बताइन ।

यस्तै भुमिकास्थान नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारहरु घर घरमा पुगेका छन् । उनिहरु पनि आफना एजेण्डाहरु लिएर जनतामाझ पुगेको बताउन्छन् । गठबन्धनका साझा उम्मेदवार रा.ज.मो.बाट मेयर पदका उम्मेदवार झविलाल थापा र नेकपा माओवादीबाट बालकृष्ण बञ्जोडेले भ्रष्टचार मुक्त पालिका, शिक्षा स्वास्थ्य, रोजगार कृषि र पर्यटन लगायत विभिन्न कुराहरुलाई प्राथमिकतामा राखेर जनतामाझ पुगेको बताए ।

सितगंगा नगरपालिकाका उम्मेदवारहरुले पनि घरदैलो गरिरहेका छन् । कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका छबिलाल पौडेल र माओवादीबाट उपमेगर पदका उम्मेदवार बनेका टिका रेश्मी मगरले सितगंगालाई समृद्ध बनाउने संकल्पका साथ मतदाताको घरमा पुगेको बताए । सितगंगा नगरपालिका नेपालको भुगोलमा सबैभन्दा ठुलो नगरपालिका हो । सितगंगाका मेयर पदका उम्मेदवार पौडेलले भने ‘मैले समग्र सितगंगाका समस्या बुझेको छु । यसलाई कसरी हल गर्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । हामीले सितगंगामा शिक्षा, स्वास्थ्य सडकलाई मुख्य प्राथमिकतामा राखेका छौं, यसकारण पनि अरुले भन्दा केही न केही नयाँ काम दिन सक्ने छु’ ।

यसैबिच पाणिनी गाउँपालिकाका उम्मेदवारहरुले पनि आफ्ना एजेन्डाहरु लिएर जनतामाझ पुगेका छन् । पाणिनीमा भने यस अघिकै जनप्रतिनिधी पुनः चुनावी मैदानमा होमिएका छन् । पाणिनीमा कांग्रेसबाट अध्यक्षमा अच्युत गौतम र उपाध्यक्षमा कांग्रेसबाटै लक्ष्मी गौतम चुनावी मैदानमा होमिएका छन् । उनिहरुले पाँच वर्ष जनता सँग निकट भएर काम गरेकै कारण अहिले पनि जनताले उत्साहजनक समर्थन गरेको बताए ।

छत्रदेवमा पनि उम्मेदवार तथा कार्यकताले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । पालिका अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसबाट उध्यक्ष पदका उम्मेदवार चन्द्रमान श्रेष्ठ र उपाध्यक्ष पदका उम्मेदवार कांग्रेसबाटै ईन्दीरा भुसाल यतिबेला जनतामाझ पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img