जनताको सेवामा निस्वार्थ लाग्नेछु: उम्मेदवार आचार्य

बाबुराम रसाईली अर्घाखाँची । मालारानी ५ का वडा अध्यक्ष पदका गठबन्धनका साझा उम्मेदवार विष्णु प्रसाद आचार्यले आफु जनताको सेवामा निस्वार्थ लाग्ने बताएका छन् । बाँगी बासीले सेवा चाहेको बताउदै २४ घण्टामा १८ घण्टा निस्वार्थ रुपमा जनताकाे सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरे । मालारानी ५ को घरदैलो अभियान तथा कोण सभामा उनले यस्तो बताएका हुन् ।

विशेष कुराकानीमा बाेल्दै उनले आफू बिगत २० वर्षदेखि नेकपा माओवादीमै रहेर सच्चा कार्यकर्ताका साथै मालारानी गाउपालिका ५ नं. वडाकाे पार्टी सहसचिव पदमा रहि इमानदारीतापुर्वक काम गर्दै आईरहेकाे र जस्ताे सुकै अवस्थामा पनि प्रत्यक्ष रुपमा जनतामाझ कुशलतापुर्वक काम गर्दै आएकाेले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मलाई पार्टीले नै ५ नं. वडा अध्यक्ष पदकाे टिकट दिए संगै आगामी ५ वर्षका लागि जनतामाझ निस्वार्थ भावनाका साथ काम गर्ने हाैसला मिलेकाे छ । जनताले झुटाे आश्वासन र जालझेलकाे राजनिति नभएर निस्वार्थ रुपमा जनमतकाे कदर गर्दै जनताकाे सेवामा काम गर्ने व्यक्ति पाउँदा मालारानी ५ का सम्पूर्ण जनसमुदायहरु हर्सित भएकाे साथै आफू लगायत सम्पुर्ण प्यानललाई जितकाे अग्रिम शुभकामना समेत दिएकाे उनकाे भनाई छ ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी नेतृत्वमा चुनावी मैदान आएका आचार्य आफुले जित्ने निश्चित भएकाे दावी गरेका छन् । उनी आफू जनताको दुख सुखसंग भिजेको, वडाका सबै घरधुरीसम्म पुगेकाे, वडावासीका समस्यारुसंग जानकारी रहेकोले वार्डबासिले आफुलाइ सेवा गर्ने अवसर दिनेमा विस्वस्त रहेको बताएका छन् ।

कुराकानिकै क्रममा ५ नं. वडाका मतदाताहरुलाइ कुनै भ्रम र क्षणिक प्रलोभनमा नपर्न उनले अनुरोध गरेका छन् । आफू निर्वाचित भएपछि कुनै भ्रष्टाचार गर्न आवश्यक नरहेको विकास र उत्पादन क्षेत्रमा विनासर्त काम गर्ने दावी गर्दै उनले आफुलाइ दैनिकी चलाउन आफ्नै ब्यबसाय भएकोले जनताको पसिनाको रकममा कुनै लाेभलालच नलगाउने र पारदर्शी रुपमा काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img