गठबन्धनबाट मालारानी ६ काे वडा अध्यक्ष पदका उम्मेदवार उदय पुन काे हुन् ?

बुवा खगे पुन मगर र आमा फुलमती पुन मगरको कोखबाट मिति २०२८/०८/१० गते मालारानी गाउपालिका वडा नम्बर ६ काफलठुट्टा टोलमा जन्मेका उदय बहादुर पुन मगर ,घरका ३ भाई मध्ये कान्छा छोरा हुन् । सानै देखि सामाजिक चरित्र बोकेका पुन मगर समाजको लाहुरे परिवेशमा हुर्केका हुन । स्कुल अध्ययनमा उत्कृष्ट विद्यार्थी पुनमा स्कुल पढ्दा देखिनै नेतृत्व (लिडरसिप) गर्न सक्ने चरित्र थियो । निडर,आट र साहसिक चरित्र बोकेको पुनलाई लाहुरे परिवेशमै हुर्केका र घरका दुबै दाजुहरु लाहुरे भएका कारण स्कुल अध्ययनकै क्रममा पुन मगर पनि लाहुरे बाट अछुतो हुन सकेनन र अध्ययनलाई बिचमै थाती राखी उनी ईन्डियन आर्मीमा भर्ती भै १७ बर्ष सेवा गरि २०६१ सालमा सेवा निर्वित रहेका पुन २०६२ र २०६३ सालको जनाअन्दोलन पछि माओवादीको सिद्धान्त र एजेन्डाले पुनलाई प्रभाव पारेयो र माओवादीको कार्यकर्ताको रुपमा विशेष गरि साबिक हंसपुर छेत्रमा संगठन निर्माणमा डटेर लागि परे । खास गरि साबिक हंसपुर छेत्र र हालको ६ नम्बर वडामा संगठनलाई मजबुत र बलियो बनाउन पुनको ठूलो योगदान रहेको छ । संगठन निर्माण गर्ने निर्माता मध्येको एक हुन उदय पुन, संगठनको सदस्य साबिक हंसपुर गाबिस सेक्रेटरी हुँदै हाल मालारानी ६ पार्टी अध्यक्ष रहेका पुन मगर प्रत्येक चुनावमा पार्टिलाई राम्रो नतिजा ल्याउन नेतृत्वदायी भुमिका खेलेका छन बिशेष गरि संबिधान सभा, प्रतिनिधि सभा र स्थानीय तहको निर्वाचनमा माओवादी उम्मेदवारलाई जिताउनको हंसपुर छेत्रबाट राम्रो मत ल्याई बिजयी गराउन पुन मगरको निकै ठूलो योगदान रहेको थियो ।

पुन इन्डियन आर्मी बाट अबकास पछि आफ्नो छेत्रको राम्रो कृषक पनि हुन् । हरेक काममा सकृयता साथ लाग्ने पुन व्यावसायिक बाख्रा पालन गरेर आम्दानीको स्रोत आर्जन गरेका पुन मगर कृषिमेला बाट पटक पटक पुरस्कार पनि प्राप्त गरेका छन् । पुनलाई कृषि क्षेत्रमा उदाहरणको रुपमा हेरिन्छ पुनको बिचारमा राजनितीलाई व्यावसायिकरण गर्नु हुदैन,राजनितीलाई त सामाजिक सेवा मा रुपान्तरण गर्नु पर्छ र जनताको सेवक बन्न सकिन्छ भन्ने स्पष्ट मान्यता राख्ने पुनले प्रतिनिधि सभा भंग पश्चात् प्रतिगमन र प्रतिगामीहरुलाई परास्त गर्नु पर्छ अग्रगमन लाई रोज्नु पर्छ भन्दै प्रतिगमन बिरुद्धको शसक्त आन्दोलनमा आफुलाई उभ्याई मालारानी ६ बाट नेतृत्वदायी भुमिका खेलि जनतालाई दायाँबायाँ हुन दिएनन् बिशेष गरि एमालेको लालकिल्ला भनेर चिनिने हंसपुर क्षेत्रलाई माओवादीलाई प्रमुख प्रतिसपर्धीको रुपमा उभ्याउन ठूलो मद्दत गरे र अहिले हंसपुर टुक्रिएर मालारानी ६ अर्थात रतनमारे क्षेत्रलाई माओवादीको लालकिल्ला बनाई छाडे ।

अहिले पुन यसै वडाको माओवादीको तर्फबाट उम्मेदवार छन् र जनतालाई वचन दिएका छन् , प्रतिबद्धता जाहेर गरेका छन्। म “म राजनितीलाई आफ्नो पेवा ठान्दिन जनताको सेवा ठान्दछु, राजनितीलाई business बनाउदैन,राजनितिलाई socialism बनाउछु नस्ट हुन्छु तर भ्रष्ट हुन्न”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img