सन्धिखर्कका नगरप्रमुख सहित २२ जना जनप्रतिनिधीले दिए राजिनामा

नविन रसाईली अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका २२ जना जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिएका छन् । शुक्रबार सन्धिखर्क नगरपालिकाका प्रमुख सहित वडा अध्यक्ष, वडा सदस्य गरी २२ जनाले पदबाट राजीनामा दिएका सन्धिखर्क नगरपालिकाका सुचना अधिकारी मञ्जु खनालले जानकारी दिनुभयो ।

राजीनामा दिनेहरुमा नगर प्रमुख कमल प्रसाद भुसाल सहित वडाध्यक्षहरुमा वडा १ का अध्यक्ष युवराज बञ्जाडे, वडा–२ का अध्यक्ष मोतिजंग रायमाझी वडा नंं ३ का लिलाराम गौतम, वडा नं. ४ का कृष्णप्रसाद श्रेष्ठ, ६ का कृष्णबहादुर आचार्य, ८ नं. वडाका कावा अध्यक्ष नारायण प्रसाद अर्याल, वडा नं. १० का लक्ष्मीनारायण चुदाँली, ११ का धुर्बराज आचार्य र वडा नं. १२ का अध्यक्ष नारायण खड्का रहेका छन् । सुचना अधिकारी खनालका अनुसार राजीनामा दिने क्रम वैशाख ११ गतेसम्म रहिरहने छ ।

यस्तै राजिनामा दिने क्रममा नगरप्रमुखले प्रयोग गरेको गाडीको चावी तथा ल्पापटप प्रमुख प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाले सम्पुर्ण नगरसभा सदस्यलाई कदर पत्र समेत प्रदान गरेको छ ।

निर्वाचन आयोगले जनप्रतिनिधि पुनः चुनाव लड्न चाहेमा पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । त्यहीअनुरुप आउँदो पालिका चुनावमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने भएका छन् । उम्मेदवारी दिँदा राजीनामा दिनुपर्ने चुनावी आचारसंहिताको प्रावधान विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img