अन्जना खनाल अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा वडा नम्बर ५ बागिमा ५ दलिय गठबन्धन बैठक सम्पन्न भएको छ ।
बैठकले पालिका भित्रमा रहेका मतदाताको संख्या विविरण र विविध विषयमा छलफल गर्दै रिपोर्ट संकलन गरि जिल्ला गठबन्धनलाई पेश गर्ने निर्णय गरेको छ ।
गठबन्धनले मालारानी गाउँपालिकामा चुनावी जित्ने निश्चित रहेको र त्यसका लागि आवश्यक रणनीति बनाएर अगाडि बढ्ने बारेमा पनि छलफल गरेको छ ।
उक्त बैठकमा नेपाली काङ्ग्रेसको तर्फबाट नेताहरू शोभखर खनाल, मणिराम खनाल, माओवादी केन्द्रको तर्फबाट पदम क्षेत्री, शोभाखर भुसाल, नेकपा एकीकृत समाजवादीको तर्फबाट डाल बहादुर चौहान,देव बहादुर खड्का ,पित्तम्बर भुसाल, जनता समाजवादीको तर्फबाट दिनेश सुनार, शोभाखर बि.क अनि राष्ट्रिय जनमोर्चाको तर्फबाट डिल बहादुर खत्री र वीर बहादुर कुवर लगायतका नेताहरू सहभागिता रहेको थियो ।

























