नेपाल दलित मुक्ति संगठनको अगुवा कार्यकर्ता भेला सम्पन्न

नवीन रसाइली अर्घाखाँची । नेकपा एकीकृत समाजवादी निकटको भातृसंगठन नेपाल दलित मुक्ति संगठनको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको नेकपा एकीकृत समाजवादीको सभाहलमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । सम्पन्न भेलाले गोविन्द नेपालीको अध्यक्षतामा ५१ सदस्य जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा क्रमश: सागर सुनार, मान बहादुर परियार, लोकेन्द्र विक, गिता बिक सचिवमा सुरज नेपाली, सहसचिवमा नवीन रसाइली, रणबहादुर नेपाली, रवि नेपाली, चन्द्रबहादुर नेपाली र कोषाध्यक्षमा जेम्स नेपाली सहितको ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको कोषाध्यक्ष जेम्स नेपालीले जानकारी दिए ।

यसै भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले दलित तथा महिलाहरुको समस्या नेकपा एसले मात्र समाधान गर्ने बताए । नेकपा एकीकृत समाजवादी दलित, युवा, महिला लगायतको प्यारो पार्टी रहेको बताउदै दलित समुदायको हक हितको लागि अाफ्नो पार्टी सदैव लाग्ने बताए । उनले नेकपा एमालेले सत्तामा हुँदा दलित समुदायको पक्षमा कुनै काम गर्न नसकेको बताउदै एमाले अहिले केपी ओली कम्पनीमा परिणत भएको अारोप लगाए । लाखौं दलित समुदायहरुको संघर्षमा निर्माण भएको नेकपा एमाले केपी ओली सत्तामा पुगेपछि सत्ताको दुरुपयोग गर्दै भत्ताभुङ्ग भएको बताए ।

भेलामा नेकपा एकीकृत समाजवादी जिल्ला उपाध्यक्ष सिद्वि प्रसाद भुसाल, सचिव युवराज पौडेल, सचिवालय सदस्य सुधिर नेपाली, विमला विक, पार्टी जिल्ला कमिटी सदस्य सागर परियार, मालारानी गाउँ पालिका उपाध्यक्ष लोकेन्द्र विक, जिल्ला कमिटी सदस्य सागर सुनार, सन्तोष सुनार लगायतले दलित समुदाय माथि हुने विभेदको चर्को विरोध गर्दै मन्तव्य राखेका थिए ।

कार्यक्रम जिल्ला कमिटी उपसचिव डेम बहादर नेपालीको अध्यक्षता, रिता विकको स्वागत मन्तव्य तथा गोविन्द नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img