भमिकास्थानमा ५ दलिय गठबन्धनको बैठक तथा भेला सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा ५ दलीय संयुक्त गठबन्धनको बैठक तथा भेला सम्पन्न भएको छ । आगामी तिनवटै तहको निर्वाचनमा जित हासील गर्नका लागी गठबन्धन भएको राजनितिक दलका नेताहरुको भनाइ छ । स्थानिय तहको निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्नका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले पालिका स्तरमा संयुक्त कार्यक्रम गरेको कांग्रेस प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिएका छन ।

भुमिकास्थानको पोखेडाडामा संयुक्त अगुवा नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति केशव श्रेष्ठले तीनै तहको निर्वाचन जित्न मात्र नभई देश बनाउन, सीमा सुरक्षा, राष्ट्रियताका निम्ति ५ दलिय गठबन्धन कायम रहने दाबि गरे । आगामी निर्वाचनमा ईमान्दारिताका साथ लाग्न नेता तथा कार्यकर्ताहरुलाई सभापति श्रेष्ठले निर्देशन दिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज सुसिला श्रिपालिले तीनै तहको निर्वाचनलाई लक्षित गरि नभई केपी ओलीको दम्भलाई तोड्नका लागि गठबन्धन गरेको बताइन । उनले जिल्लामा विकासका नाममा भ्रमको खेती गरेकोले प्रतिगमनकारीलाई हराउँन एक ठाउँमा उभिएको बताउँदै संविधानको रक्षार्थ जिल्ला र देशको विकासका निम्ति गठबन्धन अपरिहार्य भएको जिकिर गरिन ।

नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले केपी ओलीको अतिवादका कारण एमालेमा बस्न नसकेको बताउँदै प्रतिगमनलाई परास्त गरि देशलाई मुल ट्रयाकमा ल्याउन सफल भएको बताउँदै आगामी दिनमा पनि गठबन्धनका दल एक ढिक्का भएर लाग्ने दाबि गरे ।

राष्ट्रिय जनमोर्चाका नेता सागर केसिले गठबन्धन भएका राजनितिक दल इमान्दारीताका साथमा सकेमात्र सबै निर्वाचनमा सफल हुन सक्ने बताए । उनले आगामी निर्वाचनमा गठबन्धनको जीत सुनिस्चित रहेको बताउदै शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगार जस्ता सबैलाई मान्य हुने खालका सुविधा दिन भन्दै केपी ओली नेतृत्वको पार्टीलाई ५ वर्षका लागि जनताले दिएको म्यान्डेट पुरा गर्न नसकेको आरोप लगाउँदै आगामी तीनै तहको चुनावमा देशैभरबाट परास्त गर्नुपर्ने बताएका छन् । ५ दलिय गठबन्धनले जिल्लाका विभिन्न पालिकामा संयुक्त अगुवा कार्यकर्ता बैठक सम्पन्न गरि साझा एजेण्डा तयार गरि चुनावि नारा समेत तयार गर्ने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता पुष्करनाथ आचार्य, माओवादी केन्द्र का प्रदेस कार्यलय सदस्य छमकुमारि खनाल राधा नेपाली ठाकुर सौराग नेपाली काँग्रेसका जिल्ला प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालमहाधिवेशन प्रतिनिधि चन्द्रकला गैरे नगर सभापति खडान्नद बेल्वासे राष्ट्रिय जनमोर्चाका नेताहरु झबिलाल थापा कबिराम खनाल लगाएतका गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियोे ।

बैठक तथा भेला राष्ट्रिय जनमोर्चाका टेक बहादुर थापाको अध्यक्षता, माओवादी केन्द्र भुमिका स्थानका अध्यक्ष नरेन्द्र कुमालको सञ्चालन र एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य झबिलतल भट्टराई को स्वागतमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै