नेकपा (एस) सन्धिखर्क ६ को विस्तारित बैठक सम्पन्न

अर्घाखाँची । नेकपा ( एकीकृत समाजवादी ) सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ६ नरपानीको विस्तारित वार्ड कमिटीको बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरुका साथ सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथि नेकपा ( एकीकृत समाजवादी ) अर्घाखाँचीका जिल्ला अध्यक्ष एवम् प्रदेश सचिवालय सदस्य राम बहादुर चौहानले आसन्न निर्वाचनहरुमा बर्तमान संविधान र व्यवस्थाको रक्षक पार्टी नेकपा ( एकीकृत समाजवादी ) लाई बहुमतकासाथ विजय गराउन नेपाली जनताहरु व्यग्र प्रतीक्षामा रहेको बताएका छन् । उनले कम्युनिष्ट पार्टीको नाममा भोजभतेर लगाएर कुम्भमेला आयोजना गर्ने र पार्टी प्रवेशको झ्याली पिट्ने नक्कली माललाई जनताले राम्ररी चिनिसकेकाले भोजपनि खाने र दाम दिए खल्तीमा पनि हाल्ने तर भोट चाहि कलममा हाल्ने र मतपेटिका खोल्दा कलमै कलम भेटिने दाबी गरे । कसैलाई हराउन यत्रो मिहिनेत गर्न नपर्ने कुरा उल्लेख गर्दै अध्यक्ष चौहानले एकीकृत समाजवादीको विजयलाई सुनिश्चित गराउन बढी मिहिनेत गर्नुपरेको उल्लेख गरे । अब पनि २०७५ सालमा विघटन भैसकेको एमालेका पछि लाग्नु भनेको पश्चगमनलाई मलजल पुग्ने भएकोले आफुहरु बैज्ञानिक समाजवादको सच्चा पहरेदारको रुपमा रहेको नेकपा ( एकीकृत समाजवादी ) को पक्षमा दृढतापूर्वक उभिएको अध्यक्ष चौहानले ठोकुवा गरे ।

वार्ड कमिटीका अध्यक्ष बिमला बि . क . को अध्यक्षता , उपाध्यक्ष भिम बहादुर बि. क . को स्वागत मन्तव्य र सचिब रिता बि . क . को संचालनमा सप्पन्न बैठकलाई पार्टी प्रदेश कमिटीका सदस्य राजकुमार बि . क. , जिल्ला कमिटीका उपाध्यक्ष सिद्धी प्रसाद भुसाल लगायतका बक्ताहरुले समेत महत्त्वपूर्ण भनाईहरु राखेका थिए । बैठकले संगठन निर्माण र बिस्तार सम्बन्धि विभिन्न महत्त्वपूर्ण कार्ययोजनाहरु समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img