महिला पत्रकारको क्षमता र दक्षता अभिबृद्धि मुलुकको समृद्धीका लागि अपरिहार्य: उपप्रमुख विक

नवीन रसाइली अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले महिला पत्रकारको क्षमता र दक्षता अभिबृद्धि मुलुकको समृद्धीका लागि अपरिहार्य भएको बताएका छन् । राज्यको चौंथो अंग पत्रकारीतामा महिलाको अर्थपूर्ण सहभागिताले नै समग्र समावेशिकरणको मुद्दा अर्थपूर्ण हुने उनले बताए । बुधबार र बिहीबार सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको दुई दिने महिला पत्रकारहरुको क्षमता अभिबृद्धि कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख विकले यस्तो बताएका हुन ।

विकले पत्रकारले नै देशमा भएका ठुला ठुला आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेकोले नै आज परिबर्तन सम्भब भएको बताउदै पत्रकार पेशा आफैमा चुनौतीपुर्ण रहेता पनि समाज परिबर्तनको अभिन्न अङ्ग भएकोले पत्रकार आचार सहितामा केन्द्रित रही महिला प्रशिक्षार्थी पत्रकारलाई तालिममा सिकेकाकुरालाई ब्यवहारमा लागू गर्न आग्रह गरे । यस्तै उनले सन्धिखर्क नगरपालिकाले आगामी दिनहरुमा पनि यस्ता खालका तालिमहरु संचालन गर्ने बताए ।

तालिमको सहजीकरण गरेका पत्रकार महासंघका जिल्ला सहसचिव हृदय भुसालले पत्रकारिता भित्रका विभिन्न विषयमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लाग्नु गर्न आग्रह गर्दै व्यावसायिक तथा खोजमुलक पत्रकारितालाई अगाडी बढाउनु पर्ने बताए ।

यस्तै तालिमको समापनको दिन प्रशिक्षार्थीहरुले तालिममा सिकेको कुरालाई व्यबहारमा लागू गर्ने बताउदै आगामी दिनमा अझ धेरै समयको तालिम संचालन गर्न नगरपालिकालाई आग्रह गरे । उनिहरूले सफलता पुर्वक तालिममा सहजीकरण गरेकाे र नजानेका कुरालाइ स्पष्ट रूपमा बुझाएकामा प्रशिक्षकलाइ अाभार प्रकट गरे ।

तालिममा जिल्लाका १५ जना महिला पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रम सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेल कुमारी परियारको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै