बैज्ञानिक समाजवाद नै अहिलेको निकास होः नेता भुसाल

नविन रसाइली अर्घाखाँची । अहिलेकोे संसदिय व्यवस्था नै गलत रहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा जनपत्रकार संगठन द्धारा आयोजित पत्रकार संम्मेलनमा बोल्दै उनले यस्तो बताएको हुन । २००७ साल देखि अहिले सम्म पनि संसदिय व्यवस्थाले जनताको पक्षमा काम गर्न नसकेको उनले जिकिर गरे । जनताले आश गरेका मान्छेहरु पटकपटक सत्तामा पुगिसके तर जनताले निकास पाउन सकेनन् । यसको कारण नै संसदीय व्यवस्था रहेको र बैज्ञानिक समाजवाद नै अहिलेको निकास रहेको उनले बताए ।

‘हामीले शान्तिपुर्ण ढंगबाट राष्ट्रिय राजनितिका अन्तरविरोधहरुलाई हल गरेर राष्ट्रियता जनतन्त्र र जनजीविकाको ग्यारेन्टि र सुनिश्चता गर्नेहो भने हामीले संयुक्त प्रगशिल सरकार निमार्ण गरौं र जनतालाई आफ्नो शासन संचालन गर्ने कस्तो व्यवस्था हुनुपर्छ भन्ने निर्णय गर्ने भुमिका जनतालाई दियौं र जनमत संग्रहमा जाऔं । यदि यो शान्तिपुर्णको सहजबाटो अवरुद्ध गरे जनता विद्रोहमा उत्रने छन् र त्यसकोे नेतृत्व हाम्रो पार्टीले गर्नेछ’ उनले भने ।

यस्तै उनले एमसीसी राष्ट्रघाती भएको बताएका छन् । अहिले संसदबाट व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्नुको अर्थ नभएको समेत बताए । एमसीसीले देशमा को दलाल हो, र को राष्ट्रप्रमी हो भन्ने कुरा स्पष्ट पारेको पनि बताए । उनले अब हरेक पार्टी भित्रका देशभक्तहरु एउटै देशभक्तिपुर्ण मोर्चामा आवद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपाका नेताहरु, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल तथा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जनपत्रकार संगठनका लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज अनिल नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img