अर्घाखाँचीमा प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस हुँदै

नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लामा अब दौडिन्छ अर्घाखाँची भन्ने मुलनाराका साथ प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ हुने भएको छ । आज मंगलबार बिहान सन्धिखर्कमा पत्रकार सम्मेलन गरि प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस हुन लागिको आयोजकले जनाएको हो ।

सबैका लागि खेलकुद, स्वास्थका लागि खेलकुद, शारीरिक र मानसिक विकासका लागि खेलकुद, राष्ट्र र राष्ट्रिय एकताका निम्ति खेलकुद अपरिहार्य हुन्छ । अब दौडिन्छ अर्घाखाँची भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्तरमा अर्घाखाँचीलाई परिचित गराउनको निम्ति खेलकुद संचालन गर्न लागिएको हो ।

प्रथम राष्ट्रिय अर्घाखाँची रोड रेस प्रतियोगितामा बच्चा देखि युवा र युवा देखि बृद्वा सम्मले भाग लिन पाउने स्पोर्टस भ्वाइसका अध्यक्ष पृथ्वी थापाले बताए । उनलेे खुल्ला दौड महिला पुरुष ५ किलोमिटर, भेन्ट्रान्स ४० वर्ष माथिका पुरुष ५ किलोमिटर, स्कुल जाने उमेर समुहको लागि ५० मिटर, १०० मिटर, १५० मिटर, २०० मिटर र ३०० मिटर दौड हुने जानकारी दिए । सँगै जुम्बा डान्स सहित नेपाली मौलिक संस्कृतिलाई झल्काउने पञ्चेबाजाको प्रस्तुति समेत हुने उनको भनाइ थियो । प्रतियोगितामा १००० खेलाडीहरुको सहभागीता हुने गरि व्यवस्था मिलाइएको समेत अध्यक्ष थापाले जानकारी दिए । सहभागी खेलाडीलाई अब दौडिन्छ अर्घाखाँची भन्ने नारा सहितको ड्रेस, प्रमाणपत्र र विजेता खेलाडीलाई नगत पुरस्कारको व्यवस्था गरिएको उनलेे बताए ।

उल्लेखित खेलहरु सम्पन्न गर्नको लागि नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी, म्याराथन किर्तिमानी धावक बैकुण्ठ मानन्धर, मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ, लगायतको उपस्थिति रहने अायोजकले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ‘विश्वमा आयोजना हुने विविध खेलहरु मध्ये रोड रेस पनि एक महत्त्वपूर्ण खेल हो । बर्लिन देशले वर्षको एकपटक स्वास्थ्यका लागि खेलकुद भनि १० औं लाख मानिसहरु सडकमा हिडाउने र दौडाउने गर्दछ । जुन देश आज म्याराथनका नामले परिचित छ । यस प्रकारका खेलहरु विश्वका अन्य देशले पनि संचालन गरि आफ्नो देशलाई संसारभर परिचित गराउनुका साथै नागरिककालाइ स्वस्थ राख्न प्रयत्न गरिरहेका हुन्छन् । हाम्रो देशमा आयोजना हुने खेलहरुमध्ये गोरखमा हुने लिगलिग दौडले ठुलो महत्त्व राखेको छ । यसरी संसारमाझ हाम्रो देशलाइ पनि परिचित गराउनको लागि यो खेलको आयोजना गरिएको हो’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै कार्यक्रम गर्न करिव १६ लाख ५० हजार अनुमानित खर्च हुने जनाइएको छ । अर्घाखाँची जिल्लाको पहिचान र खेल तथा पर्यटन विकासको निम्ति जिल्लाका ६ वटै स्थानीय तह, सम्पुर्ण संघ संस्थाहरु र सहयोगीहरुको सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ । खेल फागुन २७ र २८ गते हुने पनि जानकारी प्राप्त भएको छ ।

पत्रकार सम्मेलनमा समाजसेवी ज्यूहरु, पत्रकार महासंघका अध्यक्ष सहित जिल्लाका विभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्पोर्टस भ्वाइसका अध्यक्ष पृथ्वी थापाको अध्यक्षता र अखिल छैठौंका जीवन नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img