नेकपा (एकीकृत समाजवादी) द्वारा निर्वाचन मिति घोषणाको स्वागत

२५ माघ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।

बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएकामा त्यसको स्वागत गर्दै मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलका साथै सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तहको निर्वाचनदेखि नै पार्टीलाई विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्तालाई क्रियाशील हुन बैठकले आह्वान गरेको छ । पार्टीका महासचिव डा बेदुराम भुसालले बैठकपछि जारी गर्नुभएको विज्ञप्तिमा लोकतन्त्रको उच्चतम प्रयोग निर्वाचन भएको र निर्वाचनका माध्यमबाट सर्वोत्कृष्ट हुन नेता तथा कार्यकर्ताले सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ ।

“गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्णरूपमा निर्वाचनमा केन्द्रित हुन जरुरी छ”, विज्ञप्तिमा भनिएको छ ।
–रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img