डा. दुमन सिंह थापा

एउटा योद्धा हुन्छ, एउटा मान्छे हुन्छ, एउटा मान्छे मर्छ, छोराले बर्खी बार्छ, श्रीमती विधुवा हुन्छे,
एउटा योद्धा मर्छ, सिंगो समाजले बर्खी बार्छ, राष्ट्र विधुवा हुन्छ, हरेक समाजमा एक योद्धाको जन्म हुन्छ । त्यी योद्धाले समाज तथा देश रुपान्तरणको लागि उल्लेखनीय भुमिका खेलेका हुन्छन् । यस्तै डा. दुमन सिंह थापा पनि योद्धा हुनुहुन्थ्याे ।

वि.स २०१६ असोज २ गते अर्घाखाँची जिल्लाको नरपानीमा डा. दुमन सिंह थापा क्षेत्रीको जन्म भएको थियो । २ वर्षको उमेरमै आफ्नो बाबु गुमाउनुभएका थापाको बाल्यकाल आमाको रेखदेखमा सामान्य अवस्थामा बित्यो । उहाँले कक्षा ८ सम्मको अध्ययन जिल्लाकै सतिनेटामा गर्नुभएको थियो । सामान्य अवस्थामा बाल्यकाल बिताउनुभएका थापाले एस.एल.सी कपिलवस्तुको तौलिहवाबाट दिनुभएको थियो । आइ.ए.सी वि.ए.सि.ए.जी रामपुर क्यापस चितवबाट गर्नुभएको थियो भने एमएसिएजी रेडिफ अफ युनिभरसिटी युके बाट गनुभयो । त्यसको साथै विद्याबारती अमेरिकाको हारण युनिभरसिटीबाट गनुभएको थियो ।

अत्यन्तै मेहनती, लगनशिल थापाले आफनो अध्ययनको शिलसिला जारी राख्दै विभिन्न प्रोजेट मार्फत समाज विकासमा महत्वपुुर्ण योगदान पु¥याउनुभयो । उहाँले सुरु गनुभएको युनाइटेड मिसन नेपाल र एम.आर.एम.जी मार्फत देशका ५६ वटा जिल्लामा आयआर्जन गरिवी निवारण खानेपानी सिचाँइ जस्ता काम गरी देशकै विकास प्रेमी मान्छे बन्नुभयो । त्यसैगरी उहँले युएसएआइडीको डाइरेक्टर, गरिवी निवारण कोषको बोर्ड डाइरेक्टर भई एक÷एक कार्यकाल सम्पन्न गर्नुभयो ।

थापाले देशको विकासको क्षेत्र मात्र नभई तत्कालिन अवस्थामा रहेको द्धन्द र त्यसको व्यवस्थापनको लागि बनेको मिसन काटर सेन्टर अमेरिकी राष्ट्रपटि जिमि काटरको नेपाल प्रतिनिधी भएर काम गनुभयो । विभिन्न राजनैतिक दल सँग समन्वय र द्धन्द व्यवस्थापनको कार्य सकिन साथ उहाँ बैकिङ क्षेत्रमा प्रवेश गर्नुभयो र हालको मेगा बैंकको स्थापनाको नेतृत्व गर्दै सस्थापक अध्यक्ष बन्नुभयो ।

अनौपचारिक रुपमा राजनैतिकमा धेरै पहिले देखि लागेता पनि २०६९ सालमा तत्कालिन नेकपा एमालेबाट राजनैतिक सुरु गनुभएका थापा २०७० सालमा अर्घाखाँची जिल्ला क्षेत्र न.ंं २ बाट संविधान सभा सदस्य बन्नुभयो । उहाँ तत्कालिन एमालेको विदेश विभागको सदस्य, केिन्द्रय बुद्धिजिवी परिसद्को सदस्य रहनुभएको थियो । उहाँले जिल्लाको विकास निमार्ण रेमोट एरियाका सडक विस्तार तथा खानेपानी विस्तारमा विषेश ध्यान दिनुभयो । आफ्नो कार्यकाल भरी निर्वाचन क्षेत्रका जनतामाझ पुगिरहने थापा ग्रामिण बस्तीको यात्रामा निकै खुसी रहनुहुन्थ्यो ।
उहाँको संविधान सभा सदस्यको कार्यकालको अन्त्यमा स्वास्थ्यमा केहि समस्या देखा प¥यो । उहाँर्को दिल्लीको मेदान्त, थाइलेन्ड हुँदै नर्भिक, सुमेरु, धेरै ठाउँमा उपचार पश्चात २०७६ साल श्रावण महिनामा मृगौला प्रत्यारोपण सफल भएको थियो ।

डा. थापा केहि समय अगाडी बनेको माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीककृत समाजवादी)को केन्द्रिय निर्वाचन आयोगको सदस्य रहनुभएको थियो । उहाँ २०७८ मंसिर १८ गते नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको जिल्ला कार्यकर्ता भेलाको लागि आउनुभएको थियो । त्यस लगत्तै पुन मृगौलामा समस्या आइ डाइलोसिस गर्ने क्रममा हट्टयाक देखा परि स्वास्थ्यमा थप समस्या भैइरहेको अवस्थामा भारतको दिल्लीमा उपचारको तयारी भइरहदा पछिल्लो समय कोभिडले आक्रमण ग¥यो । र माघको ९ गते काठमाण्डौंको ह्याम्स अस्पतालमा भर्ना गरि उपचार भइरहदा २०७८ माघ १६ गते साझँ ६ः५६ बजेको समयमा ६२ वर्षको उमेरमा उहाँको देहावसन भयो ।

✍️ नारायण शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै