८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

कविता

Workplace

झोंटा मकै ।

—-====

 

एक हाते छ भैंसी

र एक साँझे

 

लहलहाउँदो गहुँबारी

लटरम्म स्कुश

घर एकहुल्टे

धत् ! कसैले लामो हात गर्यो भने

 

पेल्नलाई ठिक्क बिस्कुनभरि तोरी

सिकुवाभरि झोंटा मकै

घर बाहिर असरल्ल छोडिएका कफीदाना

हत् !कोही घुसघसेले ताल पार्यो भने

 

घर चकमन्न छ मबिना सुनो हुन्छ

झलमल्ल दिन भए केही फरक पर्दैन

झ्यालबाटै तीनआँख्ले तारा देखिन्छ

भर छैन् केहीको

हैट !जून झरेर उन्को रुप चोर्यो भने

 

घरमै टकटकाउँदो ओछ्यान छ

आधा मन उतै छ

यसरी त कहीँ गई अडिन सकिन्न

जङ्गल घनघोर भएपनि

लामो बाटोमा नागबेली खोला भए पनि

मनतातो घरमै छ

यसरी त अन्त बास बस्न सकिन्न ।

#निम्बतरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

कविता

0

कविता

0

सत्तसिनो

0

पाखाभरि जून(कविता)

0
- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै