नविन रसाईली अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी अर्घाखँचीको छैठौं सचिवालय बैठक सम्पन्न भएको छ । सनिवार सन्धिखर्कमा आयोजित बैठकमा विभिन्न महत्वपुर्ण विषयहरुमा छलफल भएको एकीकृत समाजवादीका जिल्ला कमिटी सचिव युवराज पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पालिका कमिटीका ईन्चार्ज तथा अध्यक्षहरुले पालिकामा पार्टीको स्थिति, संगठनको अवस्थाका बारेमा रिपोटिङ्ग गरेका थिए ।
बैठकमा बोल्दै केन्द्रिय सदस्य पिताम्बर सारुले नेकपा एकीकृत समाजवादी जनताको समस्या हल गर्न एमालेबाट विद्रोह गरेर निमार्ण भएको बताएका थिए । नेकपा एस अन्य कम्युनिष्ट पार्टीभन्दा फरक भएको बताउँदै जनतालाई आफना एजेण्डाका बारेमा जानकारी गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । सारुले पार्टीले तत्काल सुरु गर्न लागेको मेचिमहाकाली अभियान मात्र नभई वडा तथा गाउँगाउँमा पार्टीका नेता कार्यकता पुगी जनताका समस्याहरु बुझन आवश्यक रहेको बताउँदै अब जिल्ला कमिटीका नेताहरुलाई त्यो खालको योजना बनाउन आग्रह गरे ।
यस्तै बैठकमा नेकपा एकीकृत समाजवादीका जनसंगठनहरुले भाद्र १० गते भित्रमा बैठक बसी नयाँ नेतृत्व चयन देखि आगामी कार्योजना बनाउनुपर्ने निर्णय गरेको थियो । बैठकले युवा संघ नेपाल र अनेरास्ववियूको जिम्मा पार्टीका उपसचिव नारायण शर्मालाई दिएको थियो । शर्माले असोज ५ गते शुक्रबार अनेरास्ववियूको बैठक र असोज ६ गते युवा संघको बैठक बस्ने जानकारी दिए ।
बैठकले ५ सदस्य अनुगमन तथा छानबिन समिति गठन गरेको छ । नेकपा एसका प्रदेश कमिटी सदस्य विष्णुहरी भुसालको संयोजक्त्वमा अनुगमन तथा छानबिन समिती गठन गरेको हो । भुसालका अनुसार जिल्ला भएका विभिन्न कामहरुको बारेमा तथ्य सत्य छानबिन गर्ने जानकारी दिए ।
यस्तै बैठकमा अखिल नेपाल महिला संघ समाजवादी अर्घाखाँचीद्धारा आयोजित भाद्र २५ गते सोमबार हुन गइरहेको तीज विशेष कार्यक्रमको बारेमा छलफल भएको अनेमसंघका नेता सुमित्रा मुखियाले जानकारी दिइन् । उनका अनुसार अर्घाखाँचीमा अनेमसंघ समाजवादीले पहिलोपटक तीज विशेष कार्यक्रमको आषेजना गरेकाले भव्यताका साथ कार्यक्रम सम्पन्न गर्न तयारी भइरहको जानकारी दिईन ।
बैठकले आगामी माघमा हुन गइरहको पार्टीको केन्द्रिय महाधिवेशनलाई मध्यनजर गर्दै जनतामाझ पार्टीका सदस्यता वितरण गर्ने निर्णय गरेको उपसचिव शर्माले जनाकारी दिए । एकीकृत समाजवादीले आउने माघमा केन्द्रिय महाधिवेशन गर्दै छ । एसका नेताहरु यतिबेला महाधिवेनको तयारीतर्फ लागिसकेका छन् ।
बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य, प्रदेश सदस्य, समाजवादी प्रेस संगठनका प्रदेश अध्यक्ष हृदय भुसाल लगायतको अतिथ्यता रहेको थियो ।
नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको सचिवालय बैठक नेकपा एसका जिल्ला अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता, सचिव युवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।