तातोपानी नाकामा आजदेखि दुईतर्फी आवतजावत खुल्ने

काठमाण्डाै – चीनसँगको उत्तरी सिमानाका तातोपानीमा आजदेखि दुईतर्फी आवतजावत खुल्ने भएको छ । लामो समय आवतजावत बन्द गरेको चीनले आजदेखि आवतजावत खुला गर्न लागेको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि तातोपानी नाका बन्द थियो । त्यसपछि सहयोग पठाउन चीनले आंशिक रुपमा नाका खोलेको थियो । तर, कोरोनाभाइरस महामारी फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नाका बन्द भएको थियो । तीन महिना अघिदेखि भने मालवाहक गाडीका लागि चीनले नाका खुलाएको थियो । तर, मानिसको आवतजावतका लागि भने नाका खुलेको थिएन ।

गएको मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले आजदेखि स्थानीयबासिन्दा पनि आवतजावत गर्न पाउने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले स्थानीयबासिन्दा मात्रै यो नाका ओहोरदोहोर गर्न पाउँछन् । उहाँका अनुसार सिन्धुपाल्चोकका स्थानीय बासिन्दाले आवतजावतका लागि पास पाउने छन् ।

तातोपानीको पारिपट्टिको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीमा रहेको अध्यागमन कार्यालयले पास वितरण गर्नेछ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले चीनतर्फ प्रवेश पाउने छन् । तर, चीनले खासा बजारसम्म जान भने अनुमति दिइसकेको छैन ।

काठमाण्डौसँगको नजिकको यो नाका पूर्णरुपमा खुलेपछि मालसामान ढुवानीमा सहज हुनेछ । यसले स्थानीय बासिन्दासँगै व्यापारीहरु उत्साहित भएका छन् । नेपाली व्यवसायीले भूकम्प अघि खासा बजारबाट धेरैजसो सामान आयात गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img