१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

बाँदर र बँदेलबाट बाली जाेगाउन सकस

नवीन रसाइली अर्घाखाँची । अहिले खेतबारीमा मकै फल्ने बेला भएको छ । मकै फल्ने बेला गाउँघरमा बाँदर र बदेलको आतंकले गर्दा कृषक हैरान भएका छन् ।

यतिबेला अधिकांश किसानको बारी मै बास छ । खेतबारीमा दिउँसो बाँदर र रातमा बदेलको आतंक बढिरहेको छ । धेरै मेहनत गरेर लगाएको अन्नबाली अब फल्नेबेला जंगली जनावरले नोक्सान गरिदिदाँ कृषकहरु चिन्तित भएका हुन् ।
बाली जोगाउन अनेक उपाय अपनाएपनि बादर र बदेलले छक्याएर क्षति पुर्‍याएको सन्धिखर्क ८ किमडाँडाका रुद्र नेपालीले बताए । पालैपालो बारिमा बस्दा समेत मकै जोगाउन गाह्रो भएको उनले सुनाए । ‘दिनभरी बाँदर धपाउन्छौं रातमा बँदेल आएर नोक्सान गर्छ,’ उनले भने ‘बाँदर धपाउन बिहानै झिसमिसेमा बारीमा जान्छौं ।’

यतिबेला जिल्लाका सन्धिखर्क नगरपालिकाको किमडाँडा, धरमपानी, तुमकोट, वाङ्ला, खाँचीकोट, शितगंगा नगरपालिकाका अधिकांश स्थान,भुमिकास्थान नगरपालिकाको ढिकुरा, धनचौर, मालारानी गाउँपालिकाको चौरी, बाँगी, बरमकोट, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकाका समेत धेरै स्थानमा बाँदर र बँदेलको आतंक बढिरहेको छ ।

हुलका हुल बाँदर आउने गरेका कारण धपाउने मानिस र कुकुरलाई समेत टेर्न छाडेका मालारानी १ चौरीकी कमला विकले बताइन् । ‘एकपटक बारीमा बाँदर पसेपछि मकै सखाप पार्छ, बाँदरबाट मकै जोगाउन धेरै समस्या भयो’ उनले भनिन् । ‘बाँदर ठूलो संख्यामा आउन्छ, मान्छेलाई समेत टेर्न छाड्यो, एक्लै देखे हमला गर्छ ।’

स्थानिय सरकारले सुरुसुरुमा जनावरबाट अन्नबाली जोगाउन हेरालुको व्यवस्था सम्म गरे। सुरुमा केही प्रभावकारी देखिएपनि पछी त्यसको औचित्य समाप्त हुँदै गयो। अहिले जिल्लाका स्थानिय तहहरु, जिल्ला समन्वय समिति, कृषी ज्ञान केन्द्र, जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला निकाय मकैबाली जोगाउने उपाय खोजिरहेका छन्। विभिन्न प्रयासहरु विफल भएपछी नयाँ उपायहरुको खोजीमा जुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै