१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

नेकपा (एस)लुम्बिनी प्रदेशको मोर्चा संगठनको बैठक सम्पन्न

Workplace

हृदय भुसाल बुटवल । नेकपा एकीकृत समाजबदि लुम्बिनी प्रदेश कमिटी मोर्चा संगठनको बैठक दाङमा महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको छ । मोर्चा संगठनका प्रमुख अब्बदुल हुसेनले पार्टी भित्रका २२ घटक संगठनलाई कृयाशिल र ब्यबस्थित गर्ने गरि बैठकले विभिन्न कार्ययोजना बनाएको बताउनु भयो ।प्रमुख हुसेनका अनुसार बैठकले तपसिल बमोजिमका निर्णय गरेको बताईएको छ ।

१. सर्कुलर अध्ययन तथा संगठनात्मक रिपोर्टिग गरिएको छ।
२. निम्नानुसार को कार्ययोजना निर्माण गरिएको छ

  • सबै जनसंगठन को प्रदेश कमिटी को बैठक जेठ २० गते सम्म् गरिसक्ने।
    *प्रत्येक जनसंगठन को जिल्ला भेला बैठक जेष्ठ ३० गते सम्म् गर्ने।
  • जनसंगठन को पालिका स्तर को भेला बैठक आयोजना गर्ने।
  • सम्बन्धित जनसंगठन ले सदस्यता बितरण लाई अभियान को रूपमा अगाडी बढाउने।
    *लुम्बिनी प्रदेश स्तर को भेला प्रशिक्षण जेष्ठ मसान्त मा आयोजना गर्ने गरि तयारी गर्ने।

३.बिबिध

  • कार्ययोजना लाई प्रभाबकारी ढंगले कार्यान्वयन गर्न सम्बन्धित जनसंगठन का पार्टी का ईन्चार्ज र संगठन का प्रदेश अध्यक्ष ले समन्वय गर्ने।
  • प्रदेश स्तर मा कमिटी गठन नभएका जनसंगठन को कमिटी गठन गर्न सम्बन्धित सॅगठन को केन्द्र संग समन्वय गरि गठन गर्न पहल गर्ने।

उक्त बैठकका प्रमुख अतिथि एबम पार्टी पोलिट ब्यरो सदस्य लुम्बिनी प्रदेशका सहइन्चार्ज निर्मल सुबेधीले पार्टी भित्रका सबै जनबर्गिय संगठनहरुलाई चलायमान गरान निर्देशन दिदै अभियानकै रुपमा गतिविधि हरु संचालन गर्नु पर्ने बताउनु भयो । संविधान सभा सदस्य समेत रहेका नेता सुबेदीले अब जनबर्गिय संघ संगठनले आफ्नो सरोकारका विभिन्न सबाल हरुलाई जनताको बिचमा लैजानुपर्ने बताउदै पार्टी निर्माणको काममा सबैजना एक भयर लाग्न आग्रह गर्नु भयो ।

बैठकका विशेष अतिथि पार्टी पोलिटब्यरो सदस्य प्रतिनिधि सभा सदस्य पुर्बमा मन्त्री मेटमणी चौधरीले जनताको माग र आबश्यता बमोजिमका काम र विभिन्न गतिविधि गरि पार्टी निर्माणलाई ब्यापक बनाउनु पर्ने बताउनु भयो । बैठकमा लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरे,लगायतका नेता हरु को उपस्थित रहेको मोर्चा संगठनका प्रमुख अब्दुल हुसेनले जानकारी दिनु भयो ।

बैठक मोर्चा संगठनका प्रमुख अब्ब्दुल हुसेनको अध्यक्षया पार्टीका पोलिट ब्यरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज निर्मल सुबेदीको प्रमुख आथीत्यतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै