२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

बैशाख ८ र ९ गते राष्ट्रिय जनमोर्चाको पाँचौं जिल्ला सम्मेलन

Workplace

नविन रसाईली अर्घाखाँची । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले २०८० बैशाख ८ र ९ गते पाँचौ जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ । जनमोर्चाले बैशाखमा पाँचौं जिल्ला सम्मेलन गर्न लागेको आइतबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । “गणतन्त्र र राष्ट्रियताको रक्षा संघीयता खारेजीको हाम्रो आन्दोलन, वातावरणीय सन्तुलन सँगै समुन्नत अर्घाखाँचीको लागि ५ औं जिल्ला सम्मेलन” भन्ने नाराका साथ सम्मेलन गर्न लागेको जनमोर्चा अर्घाखाँचीले जनाएको छ ।

वातावरणीय असन्तुलनले जिल्लाका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रमा ठुलो समस्या उत्पन्न भएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के.सीले बताए । चुरे र महाभारत श्रखलामा भइरहेको मानवीय दोहनले जिल्लालाई विभिन्न क्षेत्रबाट ध्वंस भइरहेको बताउदै पाँचौ जिल्ला सम्मेलन वातावरण सँग सम्बन्धीत रहेर गरिने बताए । “जिल्लामा भइरहेको वातावरणीय असन्तुलनमा सबै पक्ष मौन छ, हामी मौन बस्दैनौं, हामीले पाँचौ जिल्ला सम्मेलन वातावरण संरक्षण सँग केन्द्रित रहरे गछौं ।” केसीले भने “जिल्लामा भइरहेका अबैद्य चुनढुंगा उत्खनन प्रति हाम्रो ध्यान गइरहेको छ, त्यस्ता अवैध चुनढुंगा उत्खनन बन्द गरि वातावरण संरक्षण गर्नु आजको आवश्यकता हो ।”

पाँचौ जिल्ला सम्मेलनका लागि राष्ट्रिय जनमोर्चाले यहि फागुन १८ गतेसम्म सबै पालिका बैठक सम्पन्न गर्ने, फागुन मसान्तसम्म वार्ड कमिटीका बैठक सम्पन्न गर्ने, चैत्र १२ गते सम्म सम्पुर्ण पालिका र वडा भेला सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरेको राजमोले जनाएको छ ।

पत्रकार सम्मेलनमा राजमो प्रदेश सल्लाहाकार समिति सदस्य शेर बहादु विसी, केन्द्रिय सदस्य तथा भुमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापा, केन्द्रय सदस्य सागर के.सी, केन्द्रय सदस्य यमलाल पोखरेल, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, लगायत विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम राजमो जिल्ला उपाध्यक्ष गौपाल पौडेलको अध्यक्षता र सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै