४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

संघीयताको विरुद्ध संघर्षको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Workplace

नविन रसाईली अर्घाखाँची । राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा देशको तत्कालिन परिस्थितीमा गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयताको विरुद्ध संघर्षको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहाकार शेर बहादुर बिसीले नेपाल भौगोलिक हिसाबले सानो र आर्थिक अवस्था पनि कमजोर भएकोले संघीय व्यवस्था उपयुक्त नभएकोे बताए । संघीयताले गर्दा नेपालको गण्तन्त्र र राष्ट्रियता दुवै खतरामा रहेको जिकिर गरे । उनले भने “संघियताको छोटो अभ्यास गरिसक्यौं, संघीयता देशले धान्न सक्दैन् ।” यस्तै फरक प्रशंगमा बिसीले अर्घाखाँचीको खाँचीकोटमा भइरहेको चुन ढुंगा उत्खनन् र जिल्लाका अन्य स्थानमा उत्खनन्को तयारीमा राजमोको गम्भिर ध्यानवाकर्षण भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा राजमो केन्द्रिय सदस्य सागर केसीले प्रस्तुत गरेको अवधारणा पत्र माथि छलफल भएको थियो । अवधारणा पत्रमा प्रतगमनको खतरा झनझन बढेको, संघीय स्वरुपलाई खारेज गरेर त्यसको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीयता तथा स्थानिय शासनाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने, अर्घाखाँचीमा आत्यहत्याका घटनाहरु बढ्दै गइरहेकोले यसको न्युनिकरणको लागि पलह गर्ने, भ्रष्टचार जन्य क्रियाकलापका विरुद्ध शसक्तरुपमा संघर्ष गर्नुपर्ने, जिल्लामा लागुपदार्थ दुव्यसनीको अवस्था व्यापक बन्दै गएकोले न्युनिकरण गर्न आवश्यक रहेको, जिल्लामा शैक्षिक गुणस्तर कायम हुन नसकेकोले जीवन उपयोगी र वैज्ञानिक शिक्षाको अभियान संचालन गर्नुपर्ने लगायतका विविध विषयमा छलफल भएको राजमो केन्द्रिय सदस्य केसीले जानकारी दिए ।

कार्यक्रममा संघीयता पक्षधरहरुले संघियता देशमा आवश्यक रहेको बताएका थिए । उनिहरुले संघियताले अमेरिका, सुजरल्याण्ड जस्ता देशहरु विकसीत भएको बताए । राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढि जनतालाई संलग्न गराउने राजनैतिक प्रक्रिया नै संघीयता भएको बताउदै यसको प्रभावकारी कार्यन्वयन आजको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यालय सचिव लिल बहादुर वि.क, माओवादी केन्द्रका डिलाराम पाण्डे, रास्वपाका जिल्ला सभापति हरि प्रसाद भुसाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, राप्रपाका पशुपति पाण्डे, नेकपा (बहुमत)का जिल्ला कार्यालय सचिव पदम नेपाली, नेपाल समाजवादी पार्टीका रमेश खनाल, नेकपा विप्लवका प्रतिनिधी र पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधी, राष्ट्रिय जनमोर्चाका विभिन्न् भातृ संगठनका प्रमुख तथा प्रतिनिध जिल्लाका विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कायक्रम राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष गोपाल पौड्यालको अध्यक्षता र राजमो नेता जीवनारायण खनालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै