अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ तुम्कोट डाँडागाउँ निवासी हरिकला नेपालीको पहिराले घर भत्किएको छ । निरन्तरको वर्षाले गएराति करिव ९÷१० बजेको समयमा पहिरोले घर भत्किएको हरिकला नेपालीले जानकारी दिइन ।
हरिकला नेपालीको घर भत्किदाँ उनिहरु करबार बिहिन हुने अवस्थामा पगेका स्थानियले बताएका छन् । घरमा हरिकला र उनका छोराहरु प्रकाश नेपाली, हिमाल नेपाली र कृष्ण नेपाली रहेका छन् ।
उनिहरुको सहयोगका लागि स्थानिय सरकार, भु–संरक्षण, नेपाल रेडक्रस सोसाइटीलाई अपिल गरीएको समासेवी संजय हिताङले जानकारी दिए ।