३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

अर्घाखाँचीमा अधिकांश सम्बन्ध विच्छेदका मुद्दा दर्ता

Workplace

रुद्रमणि भुसाल अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतमा आर्थिक वर्ष २०७८।७९ को बार्षिक लक्ष्य र प्रगतिको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

जम्मा मुद्दा ४ सय ७४ मा ३ सय ४८ मुद्दा फछयोँट भएको जिल्ला अदालत अर्घाखाँचीका श्रेष्ठदार महेश खनालले जानकारी दिए । लक्ष्यको तुलनामा १ सय ६५ थान मुद्दा बढी फछयौँट भएका हुन् । फछर्योट हुन बाकी रहेका १ सय २६ थान मुद्धामध्ये अधिकांश ६ महिनाभित्र मात्रै दर्ता भएका हुन् ।

अर्घाखाँची जिल्ला अदालतमा आएका मुद्धाहरुमा सम्बन्ध बिच्छेदका मुद्धा सबै भन्दा बढी रहेका छन् । एक वर्षको अबधिमा २ सय ६ थान बिच्छेदका मुद्या परेका छन् । त्यसपछि अशं र लेनदेनका मुद्दा बढी परेका छन् । अशंतर्फ ४४ थान र लेनदेनतर्फ २६ थान मुद्दा रहेका छन् ।

सम्बन्ध बिच्छेदका मुद्दा बढ्नुको कारण अपरिपक्क विवाह ,पारिवारिक असन्तुलन ,वैदेशिक रोजगार , महिला शशतिmकरणको कमी लगायत रहेका छन् ।

कार्यक्रममा जिल्ला न्यायधिस बासुदेब न्यौपाने , बारका जिल्ला अध्यक्ष बिजय क्षेत्री , लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा पत्रकार , कानुन ब्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन श्रेष्ठेदार महेश खनालको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै