
सुजित सिनाल महेन्द्रनगर । शुक्लाफाँटा राष्टिय निकुञ्जमा बाघको संख्या उल्लेखीय रुपमा बढेको पाईएको छ । सन २००९ मा ८ वटा बाघ रहेको मा अहिले सन २०२२ मा पुग्दा सम्म निकुञ्जमा उक्त संख्या बढेर ३६ पुगेको छ ।
आज शुक्रवार विस्व बाघ दिवसको उपलक्ष्यमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा विगत १३ वर्ष यता गरिएको सर्वेक्षणमा बाघको संख्यामा उल्लेखिय वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।
गत वर्ष निकुञ्जमा १९ वटा बाघ रहेको र आफुहरुले जडान गरेका क्यामेराबाट खिचिएका तस्विरमा पनि बाघको संख्यामा वृद्धि भएको उनले बताए । अहिले निकुञ्जमा १६ पोथी र १२ भाले र अन्यको लिंग पहिचान नभएको उनले बताए ।
कञ्चनपुरको शुक्लाफाँटा, लालझाडी र डडेल्धुराको जोगबुढामा बाघ तथा अन्य जनावरहरुको तरिस्वरकोलागि क्यामेरा जडान गरिएको थियो । निकुञ्जमा सन २००९ मा ८ वटा, २०१३ मा १७ वटा, २०१८ मा १६ वटा, र २०२२ मा आएर ३६ वटा बाघको संख्या पुगेको हो ।
बाघलाई चाहिने आहारा प्रजातीको घनत्व बढेको, चोरी सिकारीमा कमी, र सम्पूर्ण आम स्थानिय, सामुदायिक वनका पदाधिकारीहरु लगायतको सहयोग समन्वयले नै निकुञ्जमा बाघको संख्यामा बढोत्तरी भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक संरक्षण अधिकृत ऐरले बताए ।
बाघको संख्यामा वृद्धि भएसंगै बाघलाई सुरक्षित राख्न बिभिन्न चुनौती पनि रहेको र निकुञ्ज नजिक बस्ने स्थानियहरुले बन प्रवेशमा पनि बढदै गईरहेको अवस्थामा बाघको वासस्थान मासिँदै गयो भने चुनौती बढदै जाने उनले बताए । अहिले देशैभरमा बाघको संख्या ३ सय ५५ पुगेको छ भने सन २०१० मा विस्वभरी ३ हजार बाघको संख्या रहेको र अहिले विस्वभरी ६ हजार बाघको संख्या पुगेको छ । अहिले सम्म निकुञ्जमा २ वर्षमा २ वटा बाघ मृत फेला परेका थिए ।