नविन रसाईली अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आइतबार सर्वपक्षिय बैठक सम्पन्न भएको छ । जिल्लामा उपभोग्य सामानमा भइ रहेको मुल्यबृद्धि, होटल तथा रेस्टुरेन्ट ब्याबसायीहरुले खाना तथा खाजामा लगाएको दररेट, सार्वजनिक सबारी संचालनमा देखिएको समस्या तथा बजार अनुगमन लागायतका बिषयमा छलफल गरिएको बैठकमा सहभागी पत्रकार महासघका अध्यक्ष अशोक खनालले जानकारी दिए ।

बैठकमा होटल तथा रेस्टुरेन्ट ब्याबसायीहरुले खाना तथा खाजामा लगाएको दररेट उपभोक्ता र ब्यबसायीको हितलाइ मध्यनजर गर्दै पुनः मुल्य समायोजन गर्ने बिषयमा होटल ब्यबसायी सहमत भएका श्रोतले जनाएको छ ।
यस्तै ट्याक्सि ब्यबसायीका तर्फबाट यातायात संचालनमा निजि सवारी साधनबाट यातायात क्षेत्रलाइ अस्तव्यस्त पारिएको बिष्यमा छलफल भएको थियो । निजी सवारी साधनले चोक चोकबाट यात्रुहरु उठाएको भन्दै अब निजी सवारी साधनले यात्रुहरु उठाउन नपाउने, निजी सवारी साधनमा सवार गर्दा कानुन उल्लंघन हुने, यात्रुको दुर्घटना भएको खण्डमा उपचार र मृत्युको जबाफदेहिता नहुने जस्ता कुरालाइ ब्यापक प्रचार प्रसार गर्ने निर्णय गरेको थियो ।
यसैबिच बैठकले अन्य क्षेत्रमा पनि बढ्दो मुल्यबृद्धिको अनुगमन गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उधोग बाणिज्य संघ, चेम्बरअफ कमर्स, उपभोक्ता हकहित संरक्षण मंच, यातायात ब्याबसाही तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । बैठक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।