१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

अर्घाखाँची: पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका १२ कोन्द्रेखोलामा पौडि खेल्ने क्रममा पानीमा डुबि एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालारानी गाउपालिका ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास गर्ने २० बर्षिय बिक्रम खनालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार श्रावण ७ गते दिउसोको ३ बजे सितगंगा नगरपालिका १२ कोन्द्रेखोलामा पौडि खेल्ने क्रममा डुबि बेपत्ता भएका खनाललाई ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलीले सोहि स्थानमा अचेत अबस्थामा फेलापारी उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तु पठाएको थियो ।

बेलुका करीव ५ बजे खनालका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए । मृत्यु पश्चात शव पोष्टमाटमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइए र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै